अमेरिकाले टिकटक माथि प्रतिबन्ध लगाउने समय पर सार्दैन : राष्ट्रपति ट्रम्प
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २२:४१:३
२६ भदौ, एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प टिकटकसहितका चिनियाँ एप्शमा प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएको प्राप्त समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्पले सो एप्शमाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराएका हुन् ।उनले ती एप्शहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिए । अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन– राष्ट्रपति ट्रम्पले भनेका छन् ।
प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उनी अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी ¥यालीलाई सम्बोधन गर्नका लागि गएका थिए ।सो ¥यालीमा जानु अगाडि उहाँले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिएका हुन ।
मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उनले सो धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ । टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।
अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्शहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्शहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्ने
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार