भ्रष्टाचार गर्ने जोसूकै भएपनि कारवाही हुन्छ : पोखरा महानगरपालिका (विज्ञप्तिसहित)
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार १९:३१:१२
२८ भदौ, काठमाडौं । पोखरा महानगरपालिकाले सेती नदीस्थित रामघाट गिट्टी तथा बालुवा संकलन ठेक्का प्रकरणमा अनियमितता गर्ने जोसूकैमाथि पनि कारवाही गर्ने जनाएको छ । महानगरपालिकाले २०७६ कात्तिक २५ गते रामघाटमा गिट्टी तथा बालुवा संकलन गर्नका लागि राजी कन्स्ट्रक्सनलाई ठेक्का दिएपनि राजश्वबापत पाउनुपर्ने करोडौं रकम उठाउन सकेको छैन् ।
राजश्व शाखाबाट उठाउनुपर्ने रकम मेयर, ठेकेदार र कर्मचारीको मिलेमतोमा उठ्न नसकेको समाचार गत भदौ २३ गते नेपालबहस डटकमले प्रकाशन गरेको थियो । तर महानगरपालिकाले ठेक्का लिएको कम्पनीले राजश्वबापतको रकम नदिएको र राजश्व उठाउ काम राजश्व शाखाका कर्मचारीको मात्र भएको दावी गर्दै लापरवाही गर्ने राजश्व शाखाका कर्मचारीमाथि महानगरपालिकाको आन्तरिक छानविनको प्रतिवेदन अनुसार कारवाही गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
लापरवाही गर्ने कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेकोले दोषी भेटिने जोसूकै भएपनि कारवाहीमा पर्ने महानगरपालिकाको स्पष्टोक्ति छ । गत भदौ २६ गते प्रेस काउन्सिल नेपाललाई समेत बोद्यार्थ दिई नेपालबहस डटकममा पोखरा महानगरपालिका प्रमुखको सचिवालयका प्रेस संयोजक माधवप्रसाद बरालले पठाएको खण्डनमा मेयरको निर्देशनमा बैंक ग्यारेण्टी वापतको राजश्व नउठाइएको भन्नु आधारहिन आरोप मात्रै भएको दावी गरिएको छ ।
सो खण्डन पत्रमा राजी कन्स्ट्रक्सनसँग २०७६ कात्तिक २० गते १५ दिन भित्र बाँकी रहेको बैंक ग्यारेण्टी ल्याउने, नल्याएको खण्डमा सम्झौता रद्ध गर्ने गरी नगरप्रमुख स्तरीय नीतिगत निर्णय भएको र २५ गते ठेक्का सम्झौता भएको स्वीकार्दै १५ दिनपछि ठेकेदार कम्पनीले बैंक ग्यारेण्टी नल्याउँदा ठेक्का रद्ध गर्ने सम्बन्धमा ठोस कदम नचालिएको र रकम उठाउने प्रक्रिया राजश्व शाखाको नियमित काम भित्र पर्ने उल्लेख गरिएको छ ।
“महानगरभित्र प्राप्त हुने राजश्व तर्फको आम्दानी कोही कसैले व्यक्तिगत खातामा राख्नु गैरकानुनी कार्य हो भन्नेमा हामी प्रष्ट छौं” प्रेस संयोजक बरालले पठाएको पत्रमा भनिएको छ । ‘कार्यालयका प्रमुख प्रशासकीय अधिकृतलाई आवश्यक कारवाहीका लागि पठाइएको पत्रमा संलग्न कर्मचारीलाई कारवाही प्रक्रिया अगाडी बढाउन महानगर नेतृत्वले निर्देशन दिएको छ’ मेयर मानबहादुर जीसीको कुनैपनि ठेकेदारसँग साँठगाँठ नभएको स्पष्ट पार्दै छानविन समितिको प्रतिवेदन बमोजिम कारवाही प्रक्रिया अघि बढिसकेको बताउँदै महानगरपालिकाले नेपालबहस डटकममा प्रकाशित समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै जारी गरेको खण्डनपत्रमा भनिएको छ, ‘दोषी जो भएपनि कारवाही प्रक्रिया अगाडि बढाउन कुनै कसुर बाँकी नराख्न महानगर नेतृत्व सदैव प्रतिबद्ध छ ।’
महानगरको राजश्व असुलीमा भएको अनियमितताका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले छानविन गरिरहेको छ ।
पोखरा महानगरपालिकाले जारी गरेको खण्डन पत्र
यो पनि पढ्नुहोस :
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई !
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँपालिकाद्वारा ‘संस्कार शिक्षा’ को पठनपाठन सुरु
जेठ ७, २०८१ सोमबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
म्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
पार्टी विभाजनविरुद्ध उपेन्द्र यादवको रिटमा आज पेशी
जेठ ८, २०८१ मंगलबार
इजरायलले भन्यो- रफाहमा तीब्र सैन्य कारबाही हुन्छ
जेठ ८, २०८१ मंगलबार
बागलुङका ११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
जेठ ८, २०८१ मंगलबार
आइपिएलको पहिलो क्वालिफायरमा आज कोलकोता र सनराइजर्स खेल्दै
जेठ ८, २०८१ मंगलबार
लोमान्थाङको नाम्डोक खोलामा पक्की पुल निर्माण
जेठ ८, २०८१ मंगलबार
‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’
जेठ ८, २०८१ मंगलबार