अपर बलेफीको सुरुङ खन्ने काम सम्पन्न
नेपालबहस संवाददाता
भदौ २७, २०७७ शनिबार १७:३७:४
२७ भदौ, चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा भइरहेको ३६ मेगावाटको अपर बलेफी जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीद्वारा निर्माण भइरहेको आयोजनाको चार हजार ५०० मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
सो गाउँपालिका–३ स्थित पाङरपु र लिदी नजीक निर्माण गरिएको बाँधको काम ८५ प्रतिशत सम्पन्न भएको छ । यस्तै वडा नं २ को बैकुण्ठेमा निर्माण गरिएको विद्युत् गृहको कामसमेत सम्पन्न भएको छ ।
विभिन्न प्राकृतिक विपद् र कोभिड–१९ को महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकेलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत् उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिए ।
लकडाउनका कारण मेसिनरी सामान राजधानी भित्रीसके पनि आयोजना स्थलमा पु¥याउन नसकिएको कम्पनीले जनाएको छ । बाइस किलोमिटर प्रसारण लाइनको ६० टावरमध्ये ५० टावरको फाउन्डेसन तयार भइसकेको छ । शुरुमा रु छ अर्बमा निर्माण भएको आयोजनाको लागत बढेर हाल रु सात अर्ब पुगेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
घरदैलोमै पुगेर मृत्यु दर्ता प्रमाणपत्र प्रदान
माघ १२, २०८१ शनिबार
आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको उपचारको क्रममा मृत्यु
माघ १२, २०८१ शनिबार
अखिल क्रान्तिकारीमा १३५ जना निर्विरोध भए, अध्यक्षसहित बाँकी पदमा मतदान जारी
माघ १२, २०८१ शनिबार
बैतडी जीप दुर्घटनामा २ जनाको मृत्यु, घाइतेको डडेल्धुरा अस्पतालमा उपचार हुँदै
माघ १२, २०८१ शनिबार
काठमाडौं महानगरपालिकामा रूख कटानका कारण सबैभन्दा बढी विपत्ति
माघ १२, २०८१ शनिबार