रकम भुक्तानीका लागि धाउँदाधाउँदै नगरपालिकाको गेटमै मृत्यु
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार १५:८:४४
३० भदौ, झापा । वैराती बजार टहरा निर्माण समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्यु भएपछि उनको परिवारलाई गौरादह नगरपालिकाले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । नगरपालिकामा पर्ने वैराती बजार टहरा निर्माणको काम सम्पन्न गरेर रकम भुक्तानीका लागि पटकपटक नगरपालिका धाए पनि नगरपालिकाले समयमा रकम भुक्तानी नदिँदा अध्यक्ष राजवंशी नगरपालिकाको मूल गेटमै गत असोज १२ गते बेहोस भएर ढलेका थिए ।
रकम भुक्तानीका लागि नगरपालिका पुगेका राजवंशी नगरपालिकामा नै बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल लाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो । अध्यक्ष राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले नगरपालिकाले समयमा रकम भुक्तानी नदिएका कारण उनको मृत्यु भएको भन्दै नगरपालिकामा तोडफोड गरेका थिए ।
नगरपालिका–८ भुडिसिमल निवासी ५८ वर्षीय राजवंशीको अध्यक्षतामा गठित उपभोक्ता समितिले टहरा निर्माण गरेको थियो । टहरा निर्माणका लागि नगरपालिकाले रु तीन लाख बजेट छुट्याएको थियो । सोही रकमबाट राजवंशीकै अध्यक्षतामा टहरा निर्माण भएको थियो । टहरा निर्माण सम्पन्न भएपछि सो समितिले असारको २५ गते वडा सिफारिस र अनुगमन समितिको कार्य सम्पन्न गरेको प्रतिवेदनसहित नगरपालिकाको प्राविधिक शाखामा रकम भुक्तानीका लागि फाइल पेश गरेको थियो ।
प्राविधिक शाखाले फाइल जिम्मा बुझे पनि लामो समयसम्म रकम भुक्तानीका लागि सिफारिस नगरेपछि राजवंशी गत असोज १२ गते कार्यालयमा नै बेहोस भएर ढलेका थिए । राजवंशीको मृत्यु भएपछि मृतकका आफन्त र वैराती बजार टहरा निर्माण समितिका पदाधिकारीले दुई दिनसम्म शव कार्यालयमा नै राखेर नगरपालिका घेराउ गर्दै इन्जिनीयर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।
सामाजिक काम गर्दा गर्दै राजवंशीको मृत्यु भएको भन्दै नगरपालिकाले ११ महिनापछि मृतकका परिवारसंग क्षमा याचनासहित उनको परिवारलाई रु पाँच लाख क्षतिपूर्ति दिएको छ । सोमवार नगरपालिकामा मृतककी श्रीमती पार्वतीलाई नगरपालिका प्रमुख रोहितकुमार साह र उपप्रमुख गीतादेवी भेटवालले रु पाँच लाखको चेक हस्तान्तरण गरे ।
परिवारको भरणपोषणका लागि भन्दै नगरपालिकाले रावजंशी परिवारलाई आर्थिक सहयोग गरेको गरेको हो । सामाजिक काम गर्ने क्रममा निधन भएको भन्दै राजवंशीलाई नगरकै सामाजिक अभियानकर्मीको रूपमा सम्मान दिने निर्णय गर्दै इन्जिनीयर क्षेत्रीलाई बर्खास्त गरेपछि विवाद साम्य भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंस्कृति र परम्पराको संरक्षणबाट मुलुकको समृद्धि झल्किने : मुख्यमन्त्री कार्की
कात्तिक १६, २०८१ शुक्रबार
तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
कात्तिक १६, २०८१ शुक्रबार
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
कात्तिक १३, २०८१ मंगलबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा कारसहित पोखरीमा डुबेक दुई जनाको शव निकालियो
कात्तिक २०, २०८१ मंगलबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार