बिरौटामा ५० लाखको लागतमा ‘स्याङ्जा अटो वर्कसप’
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ बुधबार १:२३:४९
♦ प्रकाश डोटेल
३० भदौ, स्याङ्जा । स्याङ्जाका युवा उद्यमीले पोखरा महानगरपालिका वडा नं. १७ को बिरौटामा अटो वर्कसप संचालनमा ल्याएका छन् । उनले झण्डै ५० लाखको लागतमा ‘स्याङ्जा अटो वर्कसप’ नामक वर्कसप संचालनमा ल्याएका हुन् ।
स्याङ्जाका युवा उद्यमी शिव शर्माले बिरौटाको राममन्दिर चोकमा वर्कसप संचालन गरेका हुन् । विगत १३ वर्षदेखि स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ सुन्तलीटारमा शर्माले यमाहा स्वरुम व्यवसाय गर्दै आएका थिए ।
“नयाँ व्यवस्थापन सहित पोखराको बिरौटास्थित राममन्दिर चोकमा वर्कसप व्यवसाय संचालनमा ल्याएको छु ।” वर्कसप संचालक शर्माले भने, “फाईनान्स सुविधामा स्कुटी र मोटरसाईकल उपलब्ध गराउने गरी वर्कसप व्यवसाय संचालमा ल्याएका छौं ।”
हालै स्थापना गरिएको वर्कसप विश्वकर्मा बाबाको पुजाको दिन पारेर असोज १ गते भव्य समारोहकाबीच उद्घाटन गर्न लागिएको संचालक शर्माले जानकारी दिए । शर्माका अनुसार कोरोना कहरकैबीच आफ्नो पुरानो व्यवसायलाई पोखरामा संचालनमा ल्याएका हुन् ।
एक्सचेञ्ज अफर सहित संचालित वर्कसपमा विशेष छुटमा स्कुटी र मोटरसाईकल विक्री वितरण गरिएको वर्कसपका अर्का संचालक सोनिका शर्माले जानकारी दिईन् । विशेष समय र चार्डपर्वका अवसरमा बम्पर उपहार सहित स्कुटी र मोटरसाइकल उपलब्ध गराईने शर्माले बताईन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार