लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित
नेपालबहस संवाददाता
असोज ४, २०७७ आइतबार १३:१६:७
४ असोज ,एजेन्सी । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै हार व्यहोरेको छ ।शनिबार राति भएको सिजनको पहिलो खेलमा युनाइटेड घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ३.१ गोल अन्तरले पराजित भएको हो ।
ओल्ड ट्राफोर्डमा क्रिस्टललाई जित दिलाउन विल्फ्रेड जाहाले दुई गोल गरे । यस्तै एन्ड्रोस टाउनसेन्टले एक गोल गरे ।युनाइटेडका डेब्यु खेलाडी डोनी भान डी विकले एक गोल फर्काए । खेलको सातौं मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिस्टललाई १.० को अग्रता दिलाएका थिए ।
७४ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई २.० को अग्रता दिलाए । युनाइटेडका भिक्टर लेन्डीलोफले ह्याण्डबल गरेपछि क्रिस्टलले पेनाल्टी पाएको थियो । जसमा जोर्डन एयुको पेनाल्टी प्रहार युनाइटेडका गोलकिपर डेभिड डी गियाले बचाए ।तर, डी गियाले पेनाल्टी रोक्दा नियम विपरित अघि बढेको भन्दै भीएआरको सहायताबाट क्रिस्टललाई पुनस्पेनाल्टीको अवसर दिईएको थियो । उक्त अवसरमा जाहाले सहजै गोल गरे । खेलको ८० औं मिनेटमा डेब्यु खेलाडी विकले गोल गर्दै युनाइटेडलाई २.१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा जाहाले व्यक्तिगत दोस्रो गोल गर्दै क्रिस्टललाई ३.१ को जित दिलाए । जितसँगै क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । क्रिस्टल लिगको दोस्रो स्थानमा रहेको छ । क्रिस्टलको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा क्रिस्टलले साउथह्याम्पटनलाई १.० ले हराएको थियो । युनाइटेडले भने हारबाट सिजनको सुरुवात गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्पेनिस ला लिगा : बेलिङ्घम र एम्बाप्पेको गोलमा रियल विजयी
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेल जनकपुर र कर्णालीबीच हुने, शिखर धवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएलको आजको पहिलो खेलमा काठमाडौं र चितवन खेल्दै
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
मिथिलामा विवाहपञ्चमी महोत्सवको रौनक
मंसिर १७, २०८१ सोमबार