एक प्रदेश एक युवा नवप्रवर्तन केन्द्रको शुरुआत
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार १६:५९:२४
५ असोज, काभ्रेपलाञ्चोक । राष्ट्रिय युवा परिषद्ले एक प्रदेश एक नेशनल यूथ इनोभेशन एण्ड इन्क्यूबेशन सेन्टर(राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र) स्थापनाको शुरुआत गरेको छ । परिषद्ले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत वाग्मती प्रदेशको काभ्रेपलाञ्चोक जिल्लास्थित नमोबुद्ध नगरबाट केन्द्र स्थापनार्थ योजनाको काम शुरु गरेको हो ।
केन्द्र नमोबुद्ध नगरपालिका–८ आरुबारीचौरमा स्थापना हुने निर्णय भई कामको शुरुआत गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले बताए । “प्राविधिकको उपयुक्त छनौटमा नमोबुद्ध नगरको आरुबारीचौर परेपछि सोही स्थानबाट केन्द्रको कामको शुरुआत भएको छ” उनले भने । उनका अनुसार केन्द्र स्थापनार्थ काभ्रेपलाञ्चोककै पाँचखाल नगरमा उपयुक्त जमिन नपाइएपछि नमोबुद्ध नगरमा खोजिएको हो । “केन्द्रका लागि शान्तिपूर्ण र स्वच्छ वातावरण चाहिन्छ”, ढुङ्गेलले भने ।
राष्ट्रियस्तरको यो केन्द्र क्रमैसँग एक प्रदेशमा एउटा स्थापना हुँदै जानेछ । परिषद्ले प्राविधिक कामका लागि धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयसँग सहकार्य गरेको छ । ढुङ्गेलका अनुसार सात प्रदेशमा एक केन्द्र स्थापनापश्चात ‘विकासमा नयाँ प्रविधि’अन्तर्गत एक हजार युवालाई सहभागी गराइनेछ । उनले भने, “वार्षिक एक हजार युवाको ‘आइडिया’लाई स्क्रिनिङ गरी १०० युवाको आइडियालाई छनौट गरिनेछ, जसले युवाको सीप विकाससँगै नयाँ विज्ञान–प्रविधिको प्रयोगले देशको समग्र विकासमा फड्को मार्न प्रमुख भूमिका खेल्नेछ ।” नयाँ विज्ञान–प्रविधिको प्रयोगमा समग्र विकास नयाँ चरणमा प्रवेश गरेपछि युवाको विदेशिने क्रम न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।
पहिलो चरणमा केन्द्र स्थापनार्थ युवाकै सहभागितामा योजना बनाई ‘थ्रि–डी भिडियो’ मार्फत सातै प्रदेशमा यसबारे जानकारी गराइनेछ र कामको शुरुआत गरिनेछ । सतहत्तर जिल्लाका युवाको सभागितापश्चात् प्रत्येक जिल्लामै ‘स्क्रिनिङ’ केन्द्रको स्थापना गरिने ढुङ्गेलले बताए । “स्क्रिनिङपछि पहिलो चरणमा राष्ट्रिय गौरवका ७७ योजना बन्नेछन् र १० वर्षमा त्यो लक्ष्य पूरा हुनेछ”, उनले भने ।
ढुङ्गेलका अनुसार प्रत्येक जिल्ला तथा प्रदेशस्तरमा स्क्रिनिङ र ल्याव प्रयोजनका लागि स्थानीय संस्था तथा विश्वविद्यालयसँग सहकार्य गरिनेछ भने स्थान विशेषका आधारमा आवश्यकताअनुसार भवन तथा अन्य भौतिक संरचना निर्माण हुनेछन् । परिषद्ले चालु आर्थिक वर्षमा योजना निर्माणको काम सक्ने र आगामी वर्षबाट भौतिक निर्माणको काम अघि बढाउने कार्यतालिका बनाएको छ ।
पहिलो केन्द्र स्थापनार्थ काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरले हाल ५२ रोपनी जमिन व्यवस्थापन गरेको छ । उक्त जमिनका सरोकारवालासँगको छलफलपछि आइतबार औपचारिकरूपमा केन्द्र स्थापनाको कामको शुरुआत गरिएको हो । “केन्द्रको काम शुरु भएकोमा निकै खुशी छौँ, केन्द्रले नगरसँगै समग्र राष्ट्रको विकासमा टेवा पुर्याउनेमा विश्वस्त छौँ”, नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले भने। उहाँले युवाको विकासका निम्ति नगरले अन्य सङ्घसंस्था र निकायसँगको साझेदारीमा रोजगारी प्रवद्र्धन, उद्यमशीलता विकासलगायतका क्षेत्रमा लगानी गर्ने बताए । उनले भने, “यसका निम्ति थप जमिन आवश्यक परे व्यवस्थापन गर्नेछौँ ।”
ढुङ्गेलले केन्द्र स्थापना गर्दा प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण गरिने बताए । उनले भने, “स्थानीय उत्पादन, वन, जमिन, धार्मिक सम्पदा नै नवप्रवर्तनको क्षेत्र हो ।” केन्द्रमा नवीनतम सोच भएका सिर्जनशील युवाहरूले आफ्नो सोचलाई परिस्कृत गरेर उत्पादनसँग जोड्न सक्नेछन् । नेपालमै पहिलोपटक स्थापना भएको यो केन्द्रमार्फत युवाहरूको नवीनतम सोचमार्फत मुलुकको आर्थिक समृद्धिका साथै सामाजिक, सांस्कृतिक एवं वातावरणीय सम्पदाको संरक्षणमा उदाहरणीय हुने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
१९.९७ अंकले बढेर २७५८ विन्दुमा उक्लियो नेप्से, १० अर्ब ५४ करोडमाथिका शेयर किनबेच
मंसिर १७, २०८१ सोमबार
११ महिनापछि पेशी चढेको रवि लामिछानेको राहदानी दुरुपयोगविरुद्धको रिट हेर्न नभ्याइनेमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै
मंसिर १७, २०८१ सोमबार
एनपीएल : कर्णाली याक्सद्वारा जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य
मंसिर १७, २०८१ सोमबार