स्याङ्जामा ३ सय फरार अपराधी, एकैदिन पक्राउ परे ४८ जना
नेपालबहस संवाददाता
असोज ५, २०७७ सोमबार २२:३१:३०
५ असोज, स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले धमाधम विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गर्न थालेको छ । जस अन्तर्गत प्रहरीले एकैदिन ४८ जनालाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला अदालत स्याङ्जाले बर्षौंदेखि कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशबण्डा, सम्वन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका मुद्धा फैसला गरेपनि दोषीहरु प्रहरीको नजरमा फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार प्रहरीले विभिन्न मुद्धाका प्रतिवादीहरुलाई एक महिनाको अन्तरालमा ८३ जनालाई पक्राउ गर्न सफल भएको बताए ।
पक्राउ परेका ८३ जना मध्ये हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिएका २३ बर्षदेखि फरार हरिनास गाँउपालिका ५ बर्ष ६४ का कर्णबहादुर भट्ट क्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिएका १५ बर्षदेखि फरार चापाकोट नगरपालिका ४ बर्ष ४५ का भक्त सुनारी मगर, डाका चोरी मुद्धामा ६ बर्ष कैद तोकिएका १० बर्ष देखि फरार हरिनास गाँउपालिका १ बर्ष ६२ का लालबहादुर नाम्जालीलाई पक्राउ पछि कैद भुक्तानका लागि जिल्ला कारागार पठाइएको छ भने अन्य जरिवना तिरेर छुटकारा पाएको प्रवक्ता अधिकारीले जानकारी दिए । लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको बताइएको छ ।
विभिन्न मुद्धामा परेका अभियुक्तहरु जिल्ला अदालतले कैद फैसला सुनाएका प्रतिवादीहरु जिल्लामा धेरै संख्यामा रहेको देखिन्छ प्रहरी प्रवक्ता अधिकारीले भने,“फरार रहेका प्रतिवादीहरुको खोजी तिब्र रुपले भएको छ ।” ३ सयको संख्यामा अझै फरार प्रतिवादीहरु रहेका छन् उनले भने ।
प्रहरीको तथ्याङ्क अनुसार फरार रहेका प्रतिवादीहरु केहीको मृत्यू भएको र केही विदेश र केही अझै लुकिछिपी हिडेको जनाएको छ । अदालतले कैद वा जरिवानाका लागि सुनाएको फैसलालाई कार्यन्वयन गराउने दायित्व प्रहरीको रहेकोले जिल्ला प्रहरी मातहतका सबै इकाईहरुलाई फरार प्रतिवादीहरुको खोजीका लागि बिशेष खालको निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक होविन्द्र वोगटीले बताए ।
धमाधम फरार प्रतिवादी पक्राउ पर्न थालेपछि राजस्वमा समेत बृद्धि हुने बताइएको छ । जिल्लाको शान्ति सुरक्षा अमनचयनमा कुनै कसुर बाँकी नराख्ने गरी विशेष खालको सुरक्षा विधि अपनाइएको प्रहरी उपरीक्षक वोगटीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार