सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुन नदिन साकेलाको अभियान
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार १६:३३:३३
७ असोज, खोटाङ । साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा यसअघि हुँदै आएको अनियमितता रोक्न अभियान शुरु गरेको छ । मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको पाएपछि यसअघि हुँदै आएको अनियमितता रोक्न गाउँपालिकाले अभियान शुरु गरेको हो ।
यसअघिसम्म नक्कली कागजात बनाएर सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको पाइएपछि त्यसलाई रोक्न अभियान थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए । “मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोर्याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको पाइयो”, उनले भने, “आगामी दिनमा यस्तो हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।”
गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षाभत्ता पाउने एक हजार २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दावी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले जानकारी दिए ।
प्रथम चौमासिकमा (साउन–कातिक) कुल रु एक करोड १९ लाख ३६ हजार सामाजिक सुरक्षाभत्ता निकासा गरिएको गाउँपालिकाले जनाएको छ । अघिल्लो चौमासिकमा रु एक करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकामा ‘नक्कली व्यक्ति’को नाम कटाउन थालेपछि यो चौमासिकमा रु एक करोड १९ लाख ३६ हजारमा झरेको लेखा शाखाका प्रमुख उत्तम आचार्यले बताए ।
दावी विरोधपछि सामाजिक सुरक्षाभत्ता पाउने वास्तविक व्यक्तिको निक्र्योल हुने र सामाजिक सुरक्षाभत्ताको मात्रा थप घट्ने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा त्रुटि देखिएपछि लगत कटाउँदा वडा नम्बर–१ बाँझेच्यानडाँडामा ४४ लाख वितरण हुने गरेकामा रु ३६ लाख ५७ हजारमा झारिएको छ ।
यस्तै वडा नम्बर–४ मात्तिममा रु ४२ लाख वितरण हुने गरेकामा हाल रु २१ लाख २० हजार, वडा नम्बर–५ मात्तिममा रु ३७ लाख वितरण हुने गरेकामा हाल रु १९ लाखमा झारिएको छ । अन्य वडाको तुलनामा वडा नम्बर–२ रतन्छा र वडा नम्बर–३ खिदिमामा मात्र सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावली यकिन देखिएको पञ्जीकरण शाखा प्रमुख राईले जानकारी दिएका छन् ।
दश स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षाभत्ताको नाममा लाखौँ रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।
स्थानीय बासिन्दाले दिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ । मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
माघ ९, २०८१ बुधबार
कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि
माघ ७, २०८१ सोमबार
भुल्केमा डोको बोकेर पानीको जोह गर्ने दिनको अन्त्य
माघ ५, २०८१ शनिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
माघ १०, २०८१ बिहिबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलु खेती
माघ ११, २०८१ शुक्रबार
कुवामा डुबेर वृद्धाको मृत्यु
माघ ११, २०८१ शुक्रबार
तमोर करिडोरहुँदै टिप्ताला नाका पुग्यो गाडी
माघ ११, २०८१ शुक्रबार
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
माघ ११, २०८१ शुक्रबार
प्रतिबन्धित औषधि बिक्री नियन्त्रण गर्नुपर्नेमा जोड
माघ ११, २०८१ शुक्रबार
तालिवानका दुई शीर्ष नेताविरुद्ध अन्तराष्ट्रिय फौजदारी अदालतद्वारा पक्राउ पुर्जी जारी
माघ ११, २०८१ शुक्रबार