सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता
नेपालबहस संवाददाता
असोज ९, २०७७ शुक्रबार १७:१५:२७
९ असोज ,काठमाडौ । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएकी छिन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाबीच बिहीबार अपराह्न भएको टेलिफोनवार्तामा स्विस राष्ट्रपतिले सुरक्षित आप्रवासनको महत्व दर्शाउँदै आफ्नो देशको सरकारले त्यसनिम्ति नेपाललाई सहयोग गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल र स्विट्जरल्याण्ड पर्वतीय मुलुक भएकाले पर्यावरण संरक्षणका निम्ति दुवै देशको पूर्ण प्रतिबद्धता रहेको छ भने दुवै देश जलवायु परिवर्तनको दुष्प्रभावबाट पीडित भएका सन्दर्भमा राष्ट्रपतिद्वयले उपयुक्त अनुकूलन योजनाका माध्यमबाट अन्तर्राष्ट्रिय एकीकृत जलवायु परिवर्तनका असर घटाउन प्रभावकारी कार्य गर्न सकिने विषयमा विचारविमर्श गरेका थिए ।
अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) सँग स्विट्जरल्याण्डले यो क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै स्विस राष्ट्रपतिले आगामी वर्ष आयोजना हुने अल्पाइन पर्वत सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरिन् ।अल्पाइन पर्वत सम्मेलन आयोजनाका निम्ति भएका प्रयासको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले महामारीका कारण स्थगन भएको ‘सगरमाथा संवाद’ परिस्थिति सामान्य भएपछि आयोजना हुने भएकाले त्यसमा सहभागी हुन स्विस राष्ट्रपतिलाइ पुनः आमन्त्रण गरिन् ।
दुवै देशका सरकारले साझा चासोका विषयमा बहुपक्षीय र द्विपक्षीय तहमा निकट सम्पर्कमा रहेर सहकार्य गर्ने विश्वास राष्ट्रपतिद्वयले व्यक्त गर्दै समग्र द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि जनाए । साथै उनीहरुले कोभिड–१९ को फैलावट नियन्त्रण आ–आफ्ना मुलुकले गरेका प्रयासबारे विचार आदानप्रदान गर्दै कोभिड–१९ का कारण दुवै देशले बेहोर्नुपरेको क्षतिप्रति एकापसमा ऐक्यबद्धता र सहानुभूति प्रकट गरे उक्त मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार