खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ : मन्त्री ढकाल
नेपालबहस संवाददाता
असोज १०, २०७७ शनिबार २२:२२:२१
१० असोज, चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहारविहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१औँ वार्षिकोत्सव तथा १६औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस विषयमा जनचेतना जगाउनन आवश्यक रहेकामा जोड दिए ।
मन्त्री ढकालले भने, “हामीले खानपान र आहारबिहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।” मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रयता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उनले बताए ।
क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाईको मृत्यु हुने गरेको, एक तिहाईको निको हुने गरेको र एक तिहाईलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताए । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उहाँले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरे । उनले भने, “निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।”
नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उनको भनाइ थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न स्थानबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिए । मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आआफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भने ।
विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको सो अवसरमा जानकारी दिइयो ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चिनियाँ टिमका टिम लिडर वी झ्याङ्लगायतले बोलेका थिए । सो अवसरमा अस्पतालका कार्यकारी दिर्नेशक डा देजकुमार गौतमले अस्पतालको वार्षिक प्रतिवेदन पेश गरेका थिए । २१ वर्षअघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार