डलर भन्दै कागजको पोको दिएर लाखौ लुट्ने खेलबहादुर र रेलबहादुरको गिरोह पक्राउ
नेपालबहस संवाददाता
असोज ११, २०७७ सोमबार १:८:३०
११ असोज, भक्तपुर । डलर भन्दै कागजको पोको दिएर लाखौ रुपैयाँ लुट्ने गिरोह पक्राउ परेको छ । अहिलेसम्म डलर भन्दै कागजको पोको दिएर आधा करोड रुपैयाँभन्दा धेरै रकम लुट्ने सिन्धुपाल्चोक घर भएको गिरोह पक्राउ परेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३६ वर्षीय खेलबहादुर तामाङको गिरोह छ । उनीसँगै ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ पनि पक्राउ परेका भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन् ।
यसरी डलर भन्दै रकम लुट्ने गिरोहमा अधिकांश बाह्रविसे नगरपालिकाका छन् । रेलबहादुर र खेलबहादुरको यो गिरोहले अहिलेसम्म ५५ लाख रुपैयाँ ठगी गरेको पाइएको एसपी थापाले बताइन् ।
गिरोले केही महिनायता ५ जनाभन्दा बढीलाई ठगी गरेपछि प्रहरीमा उजुरी परेको थियो । उजुरी परेपछि छानबिन थालेको प्रहरीले केही दिनयता गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट केही रकम र मोबाइल समेत बरामद गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार