भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि
नेपालबहस संवाददाता
असोज ११, २०७७ सोमबार २:७:१३
११ असोज, स्याङ्जा । केही दिनदेखि परेको अविरल बर्षाका कारण स्याङ्जाको चापाकोटस्थित चापाकोट टार सिंचाई योजनाको नहर भत्केको छ । हजारौं हेक्टर जमिनमा सिंचाई गर्ने एकमात्र आधार चापाकोट टार सिंचाई नहर पहिरोका कारण भत्केसँगै चापाकोटका हजारौं कृषक चिन्तित बनेका छन् ।
आइतबार उक्त सिंचाई नहर भत्केको ठाउँमा प्रत्यक्ष निरीक्षण गर्न भन्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरि र कांग्रेसका चापाकोट नगर सभापति रामचन्द्र पंगेनीसहित स्थानीयबासीले सो नहरको स्थलगत अवलोकन गरेका छन् ।
चापाकोट कृषि उत्पादनका दृष्टिकोणले अब्बल मानिएको ठाउँ भएको र सुन जस्तै पहेँला झुल्केका बालासहितको धान आम कृषकको खेतमा फलाउन आफुले मरिमेटेर भएपनि भत्केको सिंचाई नहर मर्मत गर्ने अठोट लिएको नगरप्रमुख गिरिले स्थानीयबासी माझ व्यक्त गरेका छन् ।
यहि मेसोमा कांग्रेस चापाकोट नगरका सभापति रामचन्द्र पंगेनीले चापाकोट नगरपालिकाको स्थानीय सरकार आम चापाकोटबासीको समस्यामा जहिले पनि समस्या समाधानको लागि मेरुदण्ड बनेर काम गर्ने कुरा व्यक्त गरेका छन् । सो बेला सिंचाई नहर भत्केकै दिनदेखि नगरप्रमुख गिरिले पुर्ननिमार्णका लागि आवश्यक कदम छिटो र छरितो तबरबाट उठाएकोमा नगरप्रमुख गिरिलाई पंगेनीले धन्यवाद समेत दिएका थिए ।
अहिले उक्त सिंचाई नहर भत्केको ठाउँमा आवश्यक जनशक्ति र मेशिनको परिचालन गरेर पुनर्निर्माण गर्ने काम भैरहेको छ।
पहिरोले भत्काएको नहर पुनर्निर्माण हुने भएपछि चापाकोटका स्थानीय कृषक भने खुशी भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार