मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १६:१४:४१
१२ असोज, बामाको । अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।
माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहले मोक्तारलाई प्रधानमन्त्रीमा नियुक्त गरेकाे घोषणा गरिएको थियो । नवनियुक्त प्रधानमन्त्री मोक्तारले सन् १९९५–२००२ सम्म मालीका लागि स्थायी प्रतिनिधि तथा सन् २००४–२००९ सम्म विदेशमन्त्रीका रुपमा कार्य गरेका थिए ।
मालीको नयाँ मन्त्रिपरिषदको घोषणा केहीदिनभित्रै गर्ने योजना रहेको छ । गत अगष्ट १८ मा मालीको सेनाले सरकार विरोधी प्रदर्शन जारी रहेकै अवस्थामा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटालाई सत्ताच्यूत गराएको थियो । नयाँ निर्वाचन नहुँदासम्म १८ महिनासम्मका लागि संक्रमणकालीन सरकार गठन हुने प्रक्रियामा रहेको छ ।
गएको शुक्रबार मालीका पूर्व रक्षामन्त्री बा एनडाउलाई संक्रमणकालीन राष्ट्रपतिका रुपमा सपथ गराइएको थियो । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल आसिमी गोइटा भने उपराष्ट्रपतिमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार