असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्ने तयारी, व्यवसायीको असन्तुष्टि
नेपालबहस संवाददाता
असोज १२, २०७७ सोमबार २३:२१:३६
१२ असोज, काठमाडौं । सरकारले दशैंँका लागि असोज २० गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले असोज २० गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो । तर विभागको यो प्रस्तावमा व्यवसायीले असन्तुष्टि जनाएका छन् ।
दशैंमा जतिसक्दो छिटो उपत्यका छाड्ने यात्रुका लागि अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
विभागले यो वर्ष करिब ५ लाख व्यक्तिले दशैंका लागि उपत्यका छाड्ने अनुमान गरेको छ । गत वर्षका दशैंमा करिब २० लाखले उपत्यका छाड्ने गरेकोमा यो वर्ष यस्तो संख्या करिब ४ भागले कम हुने अनुमान विभागको छ । तर आफूहरुसँग छलफल नै नगरी अग्रिम टिकट बुकिङ खोल्न लागिएको भन्दै व्यवसायीले असन्तुष्टि जनाएका छन् ।
आफूसँग छलफल नगरी एकलौटी बुकिङ खोल्ने निर्णय कार्यान्वयन नहुने व्यवसायीको भनाई छ । अहिले यात्रुलाई आधा सिटमा मात्रै राखेर दशैंमा घर लान नसकिने भन्दै यस विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने र आफूलाई मारमा पार्न नहुने व्यवसायीको माग छ ।
साथै उनीहरुले जहाजलाई पुरा सिटमा यात्रु राख्न दिने तर यातायात व्यवसायीलाई मारमा पर्ने गरी आधा यात्रु मात्रै राख्ने सरकारी निर्णयको विरोध यथावत रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार