आईपीएलको सुपरओभरमा मूम्बई अभागी, बेंग्लोरको रोमाञ्चक जित
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १६:३५:३९
१३ असोज, एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेंग्लोरले मुम्बई इण्डियन्सलाई हराएको छ । दुवै टिमले समान २०१ रन बनाएपछि सुपरओभरमा धकेलिएको खेलमा बेंग्लोरले १० विकेटको जित हात पारेको हो ।
मुम्बईले दिएको ८ रनको सामान्य लक्ष्य बेंग्लोरले अन्तिम बलमा चौका हान्दै पूरा गरेको हो । सुपरओभरमा व्याटिङ गर्न आएका विराट कोहली र एबी डिभिलियर्सले एक एक चौका हाने । अन्तिम बलमा जितका लागि १ रन चाहिएका बेला कोहलीले चौका हान्दै बेंग्लोरलाई तेस्रो जित दिलाएका हुन् ।
मुम्बईका विष्फोटक व्याट्सम्यान किरन पोलार्ड र हार्दिक पाण्डेले सुपरओभरमा अपेक्षित प्रदर्शन गर्न सकेनन् । पोलार्डले एक चौका हानेपनि अर्को बलमा आउट भएका थिए । सुपर ओभरको सामान्य लक्ष्यलाई बेंग्लोरले अन्तिम बलमा भेट्टायो ।
विशाल लक्ष्यको रोमाञ्चक खेल
दुबईमा टस हारेर पहिले व्याटिङ गरेको बेंग्लोरले २०१ रन बनाएको थियो । निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाउनु आफैमा उत्कृष्ट प्रदर्शन हो । बेंग्लोरका लागि देवदुत पाडिकल, आरोन फिन्च र एबी डिभिलियर्सले अर्धशतक पूरा गरे ।
फिन्चले ५२, पाडिकलले ५४ र डिभिलियर्सले ५५ रन बनाए । मुम्बईका ट्रेन्ट बोल्टले २ विकेट लिए । २०१ रनको विशाल लक्ष्य पछ्याएर जवाफी व्याटिङ थालेको मुम्बईको शुरुवात भने खराब रह्यो । उसका लागि कप्तान रोहित शर्मा ८ रनमै आउट हुँदा सुर्य यादव शुन्यमै आउट भए । बेंग्लोरका कप्तान विराट कोहली पनि मात्रै ३ रन बनाएर पेभेलियन फर्किएका थिए ।
अर्का ओपनर क्वीन्टन डीकक र हार्दिक पाण्ड्या पनि सस्तैमा आउट भएपछि मुम्बई एक समय हार नजिक पुगेको थियो । तर ईशान किसान र किरण पोलार्डले शानदार व्याटिङ गरे । किसानले ९९ रन बनाउँदा पोलार्ड ६० रनमा नटआउट रहे ।
शतकसँगै जित्नेगरी विष्फोटक व्याटिङ गरेका किसान खेलको अन्त्यतिर उदानको बलमा क्याचआउट भए । त्यसपछि क्रिजमा रहेका पोलार्डले छक्का र चौकाको बर्षा गराउँदै खेल जितनजिक पुर्याएका थिए ।
मुम्बई सुपरओभरमा अभागी
तर अन्तिम बलमा ५ रन चाहिएका बेला चौका मात्रै हानेपछि मुम्बईको स्कोर पनि २०१ रन मात्रै बन्यो । खेल सुपरओभरमा जाँदा पोलार्ड र हार्दिक पाण्डया व्याटिङमा आएपनि रन बनाउन सकेनन् । जसकारण खेलमा उत्कृष्ट प्रदर्शन गरेको मुम्बई सुपरओभरमा अभागी साबित भयो ।
जितसँगै बेंग्लोर ३ खेलबाट ४ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि नेट रनरेटका आधारमा दिल्ली पहिलो, राजस्थान दोस्रो स्थानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलमा पोखरा पराजित, चितवनले मार्याे बाजी
मंसिर १८, २०८१ मंगलबार
अफगानिस्तानले नेपाललाई दियो एक सय २४ रनको लक्ष्य
मंसिर १८, २०८१ मंगलबार
पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्दै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
हाइस दुर्घटनामा परी कञ्चनपुरमा ८ जना घाइते
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट
मंसिर १८, २०८१ मंगलबार
कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार