ड्रग्सको आरोपले आफ्नै ‘माल’मा फसेकी दीपिका
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १७:३२:२३
१४ असोज, एजेन्सी । बलिउडमा चुरोट रक्सी नखाने कलाकार सायदै होलान् । चुरोट सामान्य चक्लेट जस्तो लाग्ने बलिउडका कलाकार रक्सी र पाएसम्म ड्रग्स पनि प्रयोग गर्छन् । अहिले सुशान्तसिंह राजपुतको आत्महत्यामा ड्रग्स कनेक्सन भेटिएपछि केही बलिउड अभिनेत्रीमा तनाव छ ।
त्यसको सबैभन्दा बढी दोष दीपिका पादुकोणलाई लगाइएको छ । सुशान्तकी पूर्वप्रेमिका रियाले दीपिकाको समेत नाम लिएपछि उनको तनाव शुरु भएको हो । तर उनी साच्चै ड्रग्स प्रयोग गर्थिन भन्ने विषय अहिले पनि रहस्यमै छ ।
यद्यपी बलिउडमा ड्रग्सलाई माल भन्ने शब्दको प्रयोगका कारण दीपिका पटक पटक प्रहरीमा धाउनुपरेको खुलासा भएको छ । नार्कोटिक्स कन्ट्रोल ब्यूरो एनसिबीको बयानमा उनले माल भनेको आफूले सेवन गर्ने चुरोट भएको बयान दिएकी छिन् ।
उनको च्याट बक्समा माल छ ? भनेर एकपटक एक प्रयोगकर्तासँग दीपिकाले सोधेको प्रमाण भेटिएको थियो । उनले प्रयोग गरेको त्यही शब्दका कारण प्रहरीमा समेत धाउनुपर्यो । तर आफूले प्रयोग गर्ने माल शब्दको प्रयोग चुरोट भएको दीपिकाको दाबी छ ।
चुरोटलाई माल शब्दबाट सम्बोधन गर्दा दीपिका प्रहरीसम्म पुगेर हप्तौ बयान दिनुपरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुरोटलाई नै माल शब्द भनेको दीपिकाको दाबी छ । तर माल भनेर ड्रग्सलाई चिन्ने गरिन्छ । माल भन्दै ड्रग्स मगाएर खाने गरेको प्रमाण नभेटिएपछि दीपिकालाई तत्कालका लागि भने राहत मिलेको छ ।
अब उनलाई निरन्तर बयानका लागि एनबिसी जानु पर्ने छैन् । जसबाट दीपिकालाई राहत मिलेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार