पढाइ शुल्क तिर्न नसक्दा मिस्त्रीको काम शुरु
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १९:४६:२४
१३ असोज, कर्णाली । गाडीमुनि उत्तानो परेर एउटा बालकले पाटपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्छ । यद्यपि शुभकालिका गाउँपालिका–४ साविक सुकाटिया २० कालीकोटका खेमराज चौलागाईं १६ वर्षे उमेरदेखि जहाँ गाडी बिग्रन्छ, मिस्त्रीका रुपमा बोलाइछ र सधैझैं उत्तानो परेर गाडी बनाइरहेको देखिन्छन् ।
आजभोलि धेरै अभिभावकका बालबालिका सामाजिक सञ्जालमा गेम खेलेर, गीत बजाएर, युट्युब हेरेर, कमेन्ट गरेर दिन बिताइरहेका घटना खोज्न जानुपर्दैन । यस्तो परिवेशमा बालक चौलागाईंले भने आफूलाई बाल अवस्थामै श्रमसँग जोडेर आत्मनिर्भर बनाउने एउटा असामान्य चरित्रका रुपमा उभ्याएका छन् ।
पाँच कक्षासम्म कर्णाली अङ्ग्रेजी बोर्डिङ स्कुल ताडी कालीकोटमा अध्ययन गरेका उनले ७ देखि १० कक्षासम्म जनजीवन मावि ताडी र हाल १२ कक्षाको अध्ययन पनि सोही विद्यालयमा गर्दै आएका छन् । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा गणित विषयको ट्युसन शुल्क तिर्न नसक्दा आर्थिक उपार्जनको विकल्प खोज्ने क्रममा मिस्त्री काम शुरु गरेको चौलागाईंले बताए ।
“गरिबीका कारण दुई वर्षअघि कक्षा १० मा गणित विषयको ट्यूसन पढ्दै गर्दा शिक्षकले मागेको शुल्क तिर्न सकिन, निकै हिनता बोध भयो”, उनले भने, “घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइमा अवरोध आउन थालेपछि कमाएर पढ्ने विकल्प खोज्दा पासाङ् अटोपार्ट्स कालीकोटमा मिस्त्रीको काम मिल्यो ।” पछि त्यहीँ कामबाट आर्थिक जोहो हुन थालेको उनले बताए ।
शुल्क तिर्न नसकेका कारण एसइई परीक्षा दिँदा गणित विषयमा फेल भएको तितो अनुभूति सुनाउँदै उनले ११ कक्षाको परीक्षामा एक महिना बिदा लिएको र नतिजा ‘बी प्लस’ आएको बताए । कोरोना महामारीका कारण भने १२ कक्षाको पढाइ र परीक्षा दुबै अन्योल अवस्थामा रहेको उनको भनाइ थियो ।
उमेर सानो देखिए पनि उनको काम ४० वर्षको व्यक्तिले गर्ने भन्दा कम छैन । गाडीको फोहर र जमिनको धुलोमा लट्पटिएर बिग्रेका पाटपूर्जा बनाउनु चौंलागाईंको दैनिकी बनेको छ । जहाँ जतिबेला गाडी बिग्रन्छ, चालकको आग्रहमा त्यसको ममर्त गर्ने र नयाँ पाटपूर्जा हालेर सञ्चालनमा ल्याउने काम उनले गर्दै आएका छन् । अहिले चौंलागाईंलाई सफल अटोपार्ट्सको काम भ्याइनभ्याई छ ।
बाह्र कक्षामा अध्ययनरत चौलागाईं अहिले १८ वर्षतिर लागे । दुई वर्ष अघिदेखि सङ्घर्षको यात्रा थाल्नुभएका उनले गरिबीका कारण आफ्नो जीवनको इञ्जिनीयर बन्ने धोको अधुरो बनेको दुखेसो गरे । “घरमा एक दिदीसहित चार बहिनी छन् । बुबा कवाडी काम गरे । आमा गृहणी हुन्”, उनले भने, “जग्गा जमिन नहुँदा परिवारको जीवन गुजारा गर्न मेरो कामले सघाएको छ ।”
हाल चौलागाईंले सफल अटोपार्ट्स कालीकोटमा काम गरिरेका छन् । भोक, गरिबी, अभाव, अशिक्षा र उत्पीडनले जीवनमा केही गर्ने अवसर प्रदान गर्दोरहेन्छ भन्ने अनुभव उनलाई मिलेको छ । चुनौती र समस्यालाई अवसरमा बदल्ने समाजमा फरक इतिहास निर्माण गर्छन् भन्ने बुझेको बताउँदै चौलागाईंले इञ्जिनीयर बन्ने सपना तुहिए पनि गाडी इन्जिनीयर बन्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिए ।
दिदी टाउकोको बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने कुराले अहिले पिरोल्दै आएको उनले बताए । अन्य चार बहिनीको पढाइ खर्च पनि उनले नै ब्होर्दै आएका छन् । यद्यपि बाल्यकालमै श्रमसँग जोडिएका उनको कामले आत्मनिर्भर बन्न उमेरले छेक्दैन भन्ने सन्देश दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
मंसिर १८, २०८१ मंगलबार
मंसिर २३ गते मधेश प्रदेशमा सार्वजनिक बिदा
मंसिर १८, २०८१ मंगलबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
आज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
ताजमहलमा बम पड्काउने धम्की, बढाइयो सुरक्षा
मंसिर १८, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार