युवतीको बलात्कारपछि विभत्स हत्या, शरीर खोलामा फालेर टाउको गायब !
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १९:३६:४३
१३ असोज, काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा बलात्कारपछि विभत्स रुपमा हत्या गरेर टाउको बिनाको शव भेटिएको छ । युवतीका संवेदनशिल अंगलाई क्षतविक्षत पारेर शव खोलाको किनारमा फालेको अवस्थामा गएको चैत तेस्रो हप्ता भेटिएको हो ।
तर प्रहरीले अहिलेसम्म पनि अभियुक्त पक्राउ गर्न सकेको छैन् । अभियुक्त पक्राउ त परको कुरा, त्यो शव कुन युवतीको हो ? र कसरी हत्या भयो भन्ने विषयमा पनि प्रहरीको अनुसन्धान रुमल्लिएको छ ।
खोला छेउमा फालिएको शवको टाउको छैन् । संवेदनशिल अंग पुरै क्षतविक्षत भएकाले बलात्कारपछि हत्या भएको देखिएको छ । घटनालाई लुकाउन टाउको काटेर अन्तै कतै फालिएको अनुमान छ । तर अहिलेसम्म फेला परेको छैन् ।
अनुमानित १९ बर्षकी युवती कसरी बलात्कृत भइन् भन्ने खुलेको छैन् । उनीमाथि सामूहिक बलात्कार भएको हुन सक्ने र आफू जोगिन सबै मिलेर हत्या गरेको हुन सक्ने अनुमान छ । शवबाटै पनि प्रमाण नष्ट गर्न यौनांग क्षतविक्षत गरेको हुन सक्ने अर्को अनुमान छ ।
चैतदेखि असोजसम्म अनुसन्धान जारी रहेको भनिएपनि अहिलेसम्म यसबारे विस्तृतमा खोज्न प्रहरीले सकेको छैन् । शव भेटिएको ठाउँ वरपरका विभिन्न मानिसहरुलाई सोधीखोजी गरिएपनि शवको पहिचान हुन नसकेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय भक्तपुर र महानगरी अपराध महाशाखा टेकुको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार