ब्रोइलर कुखुरालाई रंग लगाएर लोकल भन्दै १५० रुपैयाँमा बिक्री !
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार १९:५७:८
१३ असोज, काठमाडौं । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर बेच्ने डरलाग्दो धन्दा काठमाडौंमा फस्टाएको छ । लोकल भनेर ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर बेच्ने ४ जनालाई प्रहरीले पक्राउ गरेपछि यस्ताे रहस्य बाहिरिएकाे हाे ।
महानगरीय प्रहरी वृत्त, कालिमाटीले ब्रोइलर कुखुराका चल्लालाई रंग लगाएर लोकल भन्दै डेढ सय रुपैयाँमा बेच्ने चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । पक्राउ पर्नेमा प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी साह छन् । उनीहरुको ठेगाना भने खुलाइएको छैन् ।
उनीहरुले १० रुपैयाँ प्रतिगोटामा ब्रोइलर कुखुराका चल्ला किनेर लोकल भन्दै डेढ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेका थिए । गोप्य सुचनाका आधारमा छापा मार्दा ३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएका प्रहरीले जनाएको छ ।
चितवनबाट ब्रोइलर कुखुराका चल्ला ल्याएर कालिमाटीमा लंग लगाएर बेच्ने गरिएको पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ । थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाएर बेच्ने तयारी उनीहरुको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार