क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २१:३३:५२
१३ असोज, धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न थालेका छन् ।कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टाइनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् ।
शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टाइन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवनहरु खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्थापनमा जुटेका छन् । नयाँ ठाउँमा बन्दै गरेको क्वारेन्टाइनमा धादिङका ७ वटा स्थानीय सरकारले क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने विभिन्न नौ बुँदे आचारसंहितासमेत जारी गरेका छन् ।
अब क्वारेन्टाइन र आइसोलेसनमा बस्नेले आचारसंहिता पालना गर्नुपर्ने र यसले अवश्य संक्रमणको जोखिम कम हुने खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताए । उनले क्वारेन्टाइन र आइसोलेसनको व्यवस्थापन सरकारले तोकेको मापदण्डलाई पछ्याउँदै आफ्नो भूगोल र समुदायलाई हेरेर गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय, स्वास्थ्य संयोजक र एक्सन नेपालको टिम मिलेर व्यवस्थापन र बसाइ आचारसंहिताको निर्माण गरिएको छ । यसरी निर्माण भएको आचारसंहितालाई सातवटा पालिकाले अनुशरण गर्न थालेका छन् ।
क्वारेन्टाइन र आइसोलेसनको राम्रो व्यवस्थापन गर्न सकिएन भने संक्रमणको उच्च जोखिम हुने देखिन्छ । स्थानीय सरकार नै बसाइ आचारसंहिता निर्माणदेखि क्वारेन्टाइनको व्यवस्थापनमा जुट्दा क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपर्दा पनि सङ्क्रमित र जोखिममा रहेका व्यक्तिहरु थप जोखिममा रहेको महसुस गर्न नपाउने गङ्गाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताए । यसरी स्थानीय सरकारले क्वारेन्टिन निर्माण गरेको क्षेत्रमा स्वास्थ्य र सरसफाइका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था डिसिएले सहयोग पु¥याएको छ ।
क्वारेन्टाइनमा रहने प्रत्येक व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत सरसफाइ सामग्रीदेखि क्वारेन्टाइनमा इन्टरनेट, टेलिभिजन, महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघरसमेत डिसिएले निर्माण गरिदिएको छ ।
यसरी व्यवस्थित भएको क्वारेन्टाइनमा दुई साता बसेकी धादिङ ज्वालामुखीकी गोमा श्रेष्ठ आफू क्वारेन्टाइनमा बसेको समय निकै सुरक्षित र व्यवस्थितसँग बिताउन पाउँदा निकै खुशी देखिन्छिन् । उनलाई पर्याप्त स्वास्थ्य सामग्री र छुट्टै बसाइ, छुट्टै शौचालय र स्नानघरको व्यवस्था भएको देख्दा निकै दङ्ग देखिन्छिन् । उनी छिमेकी मुलुक भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्न आएकी थिइन् ।
पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी घर जाने तरखर गर्दै गर्दा आफ्नै गाउँमा आइपुगेर व्यवस्थितसँग क्वारेन्टिनमा बस्न पाउँदा र कोरोना परीक्षणपश्चात् मात्र घर फर्किन पाउँदा निकै खुसी व्यक्त गरिन् । उनले क्वारेन्टाइनको व्यवस्थापनको निकै बेर प्रशंसा गरेर गइन् ।धादिङमा क्वारेन्टाइन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता र सञ्चालन तथा व्यवस्थापन मापदण्ड तयार गरी सातवटा स्थानीय तहका १० वटा क्वारेन्टिनलाई व्यवस्थित बनाइएको छ ।
खनियाबास, गङ्गाजमुना, ज्वालामुखी, बेनिघाट रोराङ, गजुरी, गल्छी र थाँक्रे गाउँपालिकाले क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्डअनुसार बनाइएको छ भने क्वारेन्टाइन र आइसोलेसन बसाइसम्बन्धी नागरिक आचारसंहिता पनि लागू गरिएको छ । यस किसिमको नयाँ मापदण्डले पक्कै पनि संक्रमण फैलनबाट बचाउने अपेक्षा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा सिमेन्ट उद्योगद्वारा पुस पहिलो सातादेखि उत्पादन गर्दै
मंसिर १७, २०८१ सोमबार
शान्ति–अहिंसा प्रार्थनार्थ काभ्रेमा गुफा बस्दै ‘लामा’
मंसिर १७, २०८१ सोमबार
आजको मौसमः तराइमा हुस्सु र कुहिराे तथा गण्डकी र कर्णालीमा हिउँ पर्ने
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन सम्बन्धी रविको बयान सकियो, अब पोखरा फर्काइने
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार