चार जना मिलेर तीन महिलामाथि सामूहिक बलात्कार !
नेपालबहस संवाददाता
असोज १३, २०७७ मंगलबार २३:३५:४१
१३ असोज, विराटनगर । चार जना मिलेर तीन महिलामाथि बलात्कार गरेको घटना १० महिनापछि पुष्टि भएको छ । मोरङको विराटनगर ८ अशोक चोकमा १० महिनाअघि ३ महिलामाथि सामूहिक बलात्कार भएको थियो ।
जग्गा प्लटिङ भइरहेको ठाउँमा चार जनाले ३ महिलालाई बलात्कार गरेर फरार भएका थिए । बलात्कार घटना भएपनि उनीहरु फरार भएपछि महिलाहरुलाई न्याय मिलेको थिएन । तर बलात्कार गरेको १० महिनापछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
१० महिनापछि स्थानीय २० वर्षीय मोहम्मद शाहिद मियाँ र २५ वर्षीय मोहम्मद असलम मियाँलाई विराटनगर–८, सुकुम्बासी टोलबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
महिलाहरुको बलात्कार गर्ने २२ वर्षीय मोहम्मद फारुक मियाँ र २० वर्षीय मोहमद हसरत मियाँ भने अझै फरार छन् । गएको ५ मंसिरमा विराटनगर–८, अशोक चोक नजिकै २२ वर्षीया, २७ वर्षीया र ३३ वर्षीया महिलालाई उनीहरुले बलात्कार गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार