धुलिखेल–काठमाडौं विद्युतीय बस सञ्चालनमा
नेपालबहस संवाददाता
असोज १४, २०७७ बिहिबार ५:१२:३५
१४ असोज, बनेपा । काठमाडौंदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म बुधबारदेखि विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ । धुलिखेल नगरपालिकासँगको सहकार्यमा सुन्दर यातायात प्रालिले सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतीय बसले आजबाट धुलिखेल–काठमाडौं सेवा दिन थालेको हो ।
नगरपालिकासँगको सहकार्यमा सञ्चालनमा आएको सो बस पहिलो चरणमा चारवटा मात्रै गुडेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए । उनले भने “अबको केही दिनमा ३२ वटा बस सञ्चालनमा आउने छन् ।” प्रदेश सरकारको आर्थिक सहयोगमा धुलिखेलमा तीन रोपनी जग्गामा चार्ज स्टेशन बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।
बस सञ्चालनमा आएपनि भाडा दरको भने अझै टुङ्गो लागेको छैन । यस विषयमा छिट्टै निर्णय गर्ने बताउँदै नगर प्रमुख ब्याञ्जुले अन्य बस सेवाको भन्दा भाडादर सस्तो हुने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
माघ १२, २०८१ शनिबार
चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
माघ १२, २०८१ शनिबार
प्रचण्डले गरे पाण्डवेश्वर मन्दिरको अवलोकन
माघ १२, २०८१ शनिबार
केही जिल्लाका प्रमुखसहित १७ एसपीको सरुवा, पर्सामा मिश्र, बारामा तामाङ
माघ १२, २०८१ शनिबार
नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)
माघ १२, २०८१ शनिबार
अमेरिकामा धमाधम पक्राउ पर्दै आप्रावासी, सैन्य विमानबाट देश निकाला गरिँदै
माघ १२, २०८१ शनिबार