बलिउडका प्लेब्वाय : जसले दिपिका, कट्रिना, प्रियंकादेखि आलियासम्मलाई डेट गरे !
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १६:२२:३८
१५ असोज, एजेन्सी । बलिउड सिनेमाको सेन्टर मात्रै होइन, चमकधमकदेखि स्टारहरुको डेडिङ केन्द्र पनि हो । खासगरी बलिउडका चर्चित कलाकार एक अर्कासँग डेट गरेर चमक धमक मच्चाउने गरेका छन् । पछिल्लो समय बलिउडका प्लेब्वाय भनेर रणवीर कपुरलाई चिनिन्छ ।
यसअघि त्यो नाम शाहिद कपुरको नाममा थियो । तर अहिले बलिउडका प्रायजसो हिरोईनसँग डेटिङ गरेका रणवीर आलिया भट्टसँग डेट गरिहेका छन् । यसअघि पनि उनले बलिउडकी चर्चित नायिकासँग रोमाँन्स गरिसकेका छन् ।
आलिया रणवीरकी छ नम्बरकी प्रेमिका हुन् भने यसअघि रणवीरले ५ जनासँग प्रेमसम्बन्ध गाँसिसकेका छन् । जुन यसप्रकार छ :
१. कट्रिना कैफ
रणवीर र कैटरिना कैफको लगभग दुई वर्षसम्म अफेयर चल्यो । सन् २०१५ देखि उनीहरु डेट गरिरहेका थिए । झण्डै डेढ बर्ष उनीहरु लिभिङ टुगेदरमा बसे । सन् २०१७ मा फिल्म ‘जग्गा जासूस’ को समयमा उनीहरुले एक अर्कासँग अलग्गिएको बताए । उनीहरुको प्रेमको सुरुवात ‘अजब प्रेम की गजब कहानी’ बाट भएको थियो ।
आफ्नी प्रेमिकालाई डेट गरेपछि सलमान रणवीरसँग निकै रिसाएका थिए । तर पछि रणवीर नै कट्रिना कैफबाट अलग्गिएका थिए । र सलमान फेरि कट्रिना कैफसँग नजिकिएका थिए ।
२. माहिरा खान
सन् २०१७ मा नै रणवीरले पाकिस्तानी अभिनेत्री तथा बलिउडकी अभिनेत्री माहिरा खानसँग सम्बन्ध राखेको विषयले चर्चा पायो । माहिराको शाहरुख खानसँगको फिल्म ‘रईस’ रिलीज हुने समयमा नै रणवीर र माहिरा हातमा चुरोट लिएको अवस्थामा भेटिएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
३. दिपिका पादुकोण
रणवीर र दीपिका पादुकोणको प्रेमसम्बन्धको बारेमा थाहा नपाउने कमै होलान् । उनीहरु सन् २०१५ मा एक अर्कासँग छुट्टिएका थिए । दीपिका रणवीरसँगको ब्रेकअपपछि डि’प्रेशनमा गएकी थिइन् । उनले रणवीरसँगको सम्बन्धको बारेमा अझै पनि समय समयमा बताउने गरेकी छिन् ।
४. नगरिस खाफरी
दीपिकासँग सम्बन्धमा हुनुअघि रणवीर फिल्म ‘रकस्टार’की नायिका नगरिस फाखरीसँग सम्बन्धमा थिए । यी दुईको सम्बन्धले पनि निकै चर्चा पाएको थियो । यस्तै, रणवीर कुनै समय सोनम कपूरसँग पनि सम्बन्धमा थिए । उनीहरुको सम्बन्ध धेरै चलेन । केही महिनामा नै ब्रेकअप भयो ।
५. प्रियंका चोपडा
रणवीरले प्रियंका चोपडासँग पनि एक समय रोमान्स गरेका थिए । खासगरी प्रियंका बलिउडमा स्थापित हुने बेलामै रणवीरले चक्कर चलाएका हुन् । तर रणवीरसँगको सम्बन्ध भने प्रियंका आफैले पूर्णविराम लगाएकी थिइन् ।
प्रियका रणवीरलाई छाडेर शाहरूख खानको पछि लागेपछि उनीहरुको ब्रेकअप भएको थियो । बलिउडकै सफल मानिएका र सुन्दर नायिका भनिएका कट्रिना, दिपिका र प्रियंकासँग पनि डेट गरेकाले रणवीरलाई बलिउडका प्लेब्वाय भनिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म भूल भुलैया-३ को सस्पेन्सले भरिएको पोष्टर सार्वजनिक
असोज ९, २०८१ बुधबार
भारतबाट 'लापत्ता लेडिज' ओस्कारमा
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार