काेराेना कहर: दोलखाका शैक्षिक संस्था बन्द गर्न निर्देशन
नेपालबहस संवाददाता
असोज १५, २०७७ बिहिबार १८:१५:५१
१५ असोज, दोलखा । जिल्लामा कोरोनाको लक्षणसहितका संक्रमित फेला परेपछि जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि शैक्षिक संस्था पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएको छ ।
जिल्लामा सबै प्रकारका सभा, गोष्ठी, तालीम र सेमिनार पनि गर्न पाइने छैन । कोरोना संक्रमित बाहिरी जिल्लाबाट दोलखा प्रवेश गरे अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय पनि केन्द्रले गरेको छ । प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका अध्यक्ष रमेशप्रसाद शिवाकोटीले शैक्षिक सहजीकरणका नाममा विद्यालयले विद्यार्थी बोलाई जबर्जस्ती कक्षा सञ्चालन गरेमा स्वयं विद्यालय र अभिभावक जवाफदेही बन्ने बताए ।
बैठकले कोरोनाको सङ्क्रमण देखिएका स्थानलाई सम्बन्धित स्थानीय तहले जोखिम विश्लेषण गरी आवश्यकतानुसार अत्यावश्यकबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरी स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउने निर्णय गरेको छ । खुला स्थानमा मानिस भेला हुन, भीडभाड गर्न र सभाजुलूस गर्न गराउन निषेध गरिएको छ ।
मठमन्दिर, चर्चलगायत धार्मिक तथा सांस्कृतिकस्थलमा दैनिक नित्य पूजाबाहेकका गतिविधि सञ्चालन गर्न पाइने छैन । बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापारव्यवसायअन्तर्गतका स्थानमा स्वास्थ्य मापदण्ड विपरीत हुने क्रियाकलाप गर्न रोक लगाइएको छ । चाडपर्वलगायत धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्नका लागि हुने जमघट पनि गर्न पाइने छैन । उद्योग, व्यापार, व्यवसाय, निर्माणलगायत कार्य पनि स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत गर्न पाइने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्री ओली बेइजिङमा, चिनियाँ उपमन्त्रीले गरे स्वागत
मंसिर १७, २०८१ सोमबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
२५ हजार घुससहित समातिए प्रहरीका सई बुढाथोकी
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार