बिना धितो कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिंग कर्जा योजना
नेपालबहस संवाददाता
असोज १५, २०७७ शुक्रबार १:५३:१
१५ असोज, काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो ब्याजदरमा कुमारी मार्जिन लेन्डिंग योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत शेयर किन्नु अघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिद पश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यस कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकरमार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सक्ने बैंकले जनाएको छ । उक्त कर्जा योजना हालसम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ ।
हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ । शेयरबजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्त कर्जा सुविधा ल्याईएको बैंकले जनाएको छ ।
साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सिमित भएको लगानीयोग्य क्षेत्र र सोही परिस्थितिमा आकर्षक बनेको शेयरबजारलाई मध्यनजर गर्दै, उक्त कर्जा योजना ल्याईएकोे हो ।
७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाह हुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पदाधिकारीले जनाएका छन् ।
विगत २० वर्षदेखि निरन्तर सेवा दिईरहेको कुमारी बैंकले आफ्ना १८१ शाखा संजाल, १३९ एटीएम, २२ शाखारहित बैंकिंग इकाईहरूमार्फत आगामी दिनहरुमा पनि अत्याधुनिक एवं प्रभावकारी बैंकिंग सेवासुविधाहरु दिदै जाने प्रतिवद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार
२४ करोड लागतमा निर्माण गरेको जिल्ला अस्पताल डोल्पा
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार