अजरबैजानले नागोर्नो काराबाख युद्धमा तीन हजार सैनिक गुमायो
नेपालबहस संवाददाता
असोज १७, २०७७ आइतबार ०:२०:१५
१७ असोज ,अर्मेनिया । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तका क्रममा अजरबैजानले तीन हजार भन्दा बढी सैनिक गुमाएको अर्मेनियाले जनाएको छ । यसअघि अजरबैजानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सेप्टेम्बर २७ यता अजरबैजानका २ हजार ३०० सैनिक मारिएको उल्लेख गरिएको थियो ।
तर सो देशले उक्त क्षेत्रमा शुरु भएको भिडन्तका क्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको यो पछिल्लो जानकारी आएको हो । स्वघोषित रिपब्लिक अफ आर्तसाखका राष्ट्रपतिका प्रेस सचिवले शनिबार जानकारी गराएका छन् ।
आर्मेनियाबाट अलग्गिएको घोषणा गरेका काराबाख क्षेत्रका पृथकतावादीतर्फ छिमेकी अजरबैजानी सेनाले केही दिन अघिदेखि भिषण सैनिक कारबाही शुरु गरेको हो ।विश्वका नेताहरूले अजरबैजान र आर्मेनियाली विद्रोहीबीच जारी लडाइँ रोक्न आग्रह गरेका छन् । यो संघर्ष तत्कालै नरोकिए त्यसले क्षेत्रीय शान्ति मै असर पार्ने उनीहरुको अनुमान छ ।
आर्मेनियाली सैनिक अधिकारीहरूले अजरबैजानको सेनाले शक्तिशाली हतियारको प्रयोग गरेर विद्रोहीका आश्रयस्थलमा आक्रमण गरिरहेको जनाएका छन् । तर उता अजरबैजानको रक्षा मन्त्रालयले भने टार्टर शहरमा पृथकतावादी विद्रोहीहरुले सर्वसाधारणमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ ।
अजरबैजानका तीन हजारभन्दा बढी सेना मारिएका र तीमध्ये कतिपय त मध्यस्थ क्षेत्रमा अहिले पनि रहेका र उनीहरुलाई कतै पनि नलगिएको प्रेस सचिव भागराम पोगसिमले आफ्नो फेसबुक पेजमा लेखेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
विश्वकै दुर्लभ ह्वेलको अनुसन्धानमा न्युजिल्यान्डका वैज्ञानिक
मंसिर १७, २०८१ सोमबार
कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार
मंसिर १७, २०८१ सोमबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार