नोकिया २.४ एआई—पार्वड क्यामेराको साथ सार्वजनिक, २ दिनसम्मको ब्याट्री लाइफ र इमेजिंग फ्यूल्ड, ठुलो एचडी प्लस स्क्रीन
नेपालबहस संवाददाता
असोज १९, २०७७ सोमबार २२:०:३५
- सिरिजमै पहिलो डुअल क्यामेरा भएको, नाइट मोडका साथ अध्याँरोमा पनि विस्तृत विवरण खिच्ने र खिचिसकेपछि पनि पुनःकेन्द्रित हुने ।
- ३ वर्षसम्मको सेक्युरिटी अपडेट र दुई वर्षसम्मको एन्डोइड ओएस सफ्टवेयर अपग्रेडहरु, जसले ब्राण्डबाट तपाईंले विश्वास गर्न सक्ने उत्कृष्ट मुल्य प्रस्ताव गर्दछ ।
- फिनिश प्रेरित प्रिमियम जोंडिक डिजाइन र नयाँ आधुनिक रंग, डेस्कको सुविधा ।
१९ असोज, काठमाडौं । एचएमडी ग्लोबल, होम्स् फर नोकिया फोनले नोकिया २.४ सार्वजनिक गरेको छ । नोकिया २ को अर्को जेनेरेशनले नाइट मोड र पोट्रेट मोडसहित एडभान्स इमेज सुविधा ल्याउँदछ जसले तपाईंको फोटोलाई अर्को स्तरमा पुर्याउन मद्दत गर्ने नेपालका लागि नोकिया फोनको आधिकारिक वितरक टेलीटकले जनाएको छ ।
वितरकका अनुसार नोकिया मोवाइलमा ठुलो ६.५ इन्च एचडी प्लस स्क्रीनका साथ लामो समयसम्म अधिक तस्वीरहरु हेर्न, सिक्न र सृजना गर्न सकिनेछ । यसका लागि दुई दिनसम्म टिक्ने ब्याट्री लाइफ, जहाँ तपाईंले आफ्नो लोकप्रिय एप र गेमहरु लामो समयसम्म ब्याट्रीको चिन्ता बिना नै स्वतन्त्र रुपले मज्जा लिन सकिनेछ ।
आधुनिक आवश्यकताहरु जस्तै फिंगरप्रिन्ट र फेस अनलकका साथ प्रयोगकर्तांले सहज पहुँच र थप सुरक्षाको लाभ लिन सक्ने कम्पनीको भनाई छ । यसका साथै नोकिया २.४ एन्ड्रोइड प्रतिज्ञाहरुका साथ आउँदछ जसमा ३ वर्षसम्मको मासिक सक्युरिटी अपडेट र २ वर्षसम्मको ओएस अपडेट छ, जसको अर्थ यो एन्ड्रोइड ११ र १२ का लागि तयार भएको टेलीटकको दावी छ ।
एआई इमेजिंगबाट फ्यूल्ड विस्तृत नाइट र पोट्रेट शट
कैद गर्न लायकका क्षणहरु दिनको उज्यालोमा मात्र हुँदैनन् । नाइट मोडमा एडभान्स इमेज फ्युजन र एक्पोजर स्ट्याकिंगका साथ नोकिया २.४ ले प्रयोगकर्तालाई अध्यारो अवस्थाहरुमा पनि जीवन्त विवरणहरु खिच्न अनुमति दिन्छ ।
पोट्रेट मोडको कस्टुम आकार र ब्लर ब्याकग्राउन्डका साथ तपाईंको रचनात्मकता बाहिर ल्याउन सकिन्छ् । नयाँ पोट्रेट इडिटरका साथ तपाईंले तस्वीरहरु खिचेको लामो समय पछि पनि तत्काल शेयर गर्न योग्य बनाउन र अनुपम शटका लागि रिफोकश र सम्पादन गर्न सकिनेछ ।
६.५ इन्चको स्क्रीनमा हेर्न्, सिक्न र सृजना तथा दीर्घकालिन मनोरञ्जनको आनन्द लिन सकिने
सेल्फी नोचका साथ ठुलो एचडी प्लस डिस्प्लेले स्क्रीनलाई अधिकतम बनाउँछ, जसले आफ्नो लोकप्रिय शो मा डुब्न चाहनेहरुका लागि सुलभ मुल्यमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ । यसका साथै, नोकिया २ दायराबाट दुई दिनसम्मको ब्याट्री लाइफमा अटल रहदैं, नोकिया २.४ मा ४५०० एमएएच ब्याट्री छ जुन एकपटक चार्ज गर्दा दुई दिनसम्म टिक्छ ।
यसका लागि एआई—एसिस्टेड एडाप्टिभ ब्याट्रीलाई आभार जसले गर्दा धेरै समय फोनलाई होइन आफुलाई रिचार्ज गर्नका लागि बिताउन सक्नेछन् । यसले कुन एप बढि प्रयोग हुन्छ भन्ने थाहा पाउँछ र यसका लागि पावरलाई प्राथमिकता दिन्छ ताकीे आफ्नो मनपर्ने सुविधाहरु धेरै समयसम्म प्रयोग गर्न सक्छन् ।
फिनिश रुटबाट प्रेरित टाइमलेस डिजाइन, टिकाउका लागि निर्मित
कम्पनीका अनुसार नोकिया २.४ ले आधुनिक आवश्यक चीजहरु ल्याउँदछ, जस्तै सुविधाजनक फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलकको साथ तपाईको उपकरणमा छिटो र सजिलो पहुँच गर्न तपाईले आफ्नो फोन कसरी प्रयोग गर्नुहुन्छ भन्नेमा बहुउपयोगिता प्रदान गर्दछ । यसको फिनिश रुटहरूमा अटल रहँदै, नोकिया २.४ टिकाऊ डिजाइनमा आउँछ जुन केवल राम्रो देखिन मात्र नभएर टिकाउका लागि निर्मित छ ।
थ्रीडी न्यानो—टेक्स्चर्ड कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ र एक आश्चर्यजनक फिनिशका साथ यो नोर्डिक—प्रेरित रंगमा उपलब्ध छ । साथै, पोलीकार्बोनेट शेलको साथ डाइ—कास्ट धातु च्यासिसले तपाईंको फोनमा दृढता मिल्छ र तपाईंले नोकिया फोनबाट अपेक्षा गर्नुहुने आरामदायक महसुस गराउँदछ ।
एन्ड्रोइड ११—का लागि तयार स्मार्टफोनबाट हुने लाभ
नोकिया २.४ ले तपाईंलाई एक सुव्यवस्थित ईन्टरफेस र कुनै ब्लोटवेयर बिना एक उत्कृष्ट सफ्टवेयर अनुभव ल्याएर आफ्नो शुद्ध, सुरक्षित र अप—टु—डेट वाचा प्रदान गर्दछ ।
एन्ड्रोइड वन कार्यक्रमको एक हिस्सा, नोकिया २.४ मा तपाईले तीन बर्षको मासिक सुरक्षा अपडेट र दुई बर्षको सफ्टवेयर अपग्रेडका साथ नयाँ एन्ड्रोइड सुविधाहरू र सुरक्षाको मज्जा सुनिश्चित गर्दछ, ताकी तपाई आफ्नो फोनबाट अधिक समयको धेरै पाउन सक्नुहन्छ । साथै, आवाज वा समर्पित बटनद्वारा सक्रिय गुगल एसिस्टेन्टको सहयोगबाट जानकारी पहुँच गर्न अझ सजिलो छ ।
मूल्य र उपलब्धता
नोकिया २.४ ग्रे रंगमा २ जीबी र्याम र ३२जीबी रोमका साथ आउँदछ । नोकिया २.४ अब नेपाली बजारमा रु.१४,५९९ मा दराज डटकम डट एनपी र सस्तो डिलमा उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार