वडासचिवले महिलामाथि बलात्कार गरे, १० लाख प्रलोभन देखाए !
नेपालबहस संवाददाता
असोज १९, २०७७ मंगलबार १:०:१४
१९ असोज, जनकपुर । महोत्तरीमा कार्यरत वडासचिवले महिलालाई झाडीमा लगेर बलात्कार गरेका छन् । ३० बर्षीया महिलालाई जंगल नजिकैको झाडीमा लगेर बलात्कार गरेका महोत्तरी भंगहा नगरपालिका वडा नम्बर ९ का सचिव मिथिलेश यादवलाई पक्राउ गरेपछि घटना बाहिर आएको हो ।
शुरुमा यो घटना कसैले पत्याएका थिएनन् । महिलाले प्रहरीमा उजुरी दिएपनि यो घटनालाई यसै सामसुम पार्न खोजिएको थियो । तर प्रहरीले वडासचिवलाई कार्यालयमै पुगेर पक्राउ गरेपछि घटना बाहिर आएको हो ।
ढकिया र टोकरी बनाएर बेच्ने महिलामाथि वडासचिवले जंगलमा पर्ने खोला नजिकैको झाडीमा लगेर बलात्कार गरेका थिए । ढकिया बेचेर घर फर्किन लागेकी महिलालाई उनले बाटोमा रोकेर जबर्जस्ती झाडीमा लिएर बलात्कार गरेपछि पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
पीडित महिलाको स्वास्थ्य जाँच गर्दा पनि उनको बलात्कार भएको पुष्टि भएको छ । महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टका अनुसार पक्राउ परेका वडासचिव यादवमाथि थप अनुसन्धान शुरु गरिएको छ । तर प्रहरी हिराशतमा परेका वडासचिवलाई छुटाउन उनका आफन्तले महिलालाई १० लाखको प्रलोभन देखाएका छन् ।
१० लाख वा १० कठ्ठा जमीन दिने प्रलोभन देखाएर मुद्दा फिर्ता लिन उनीहरुले भनेका छन् । तर पीडित महिलाले बलात्कार गर्ने वडासचिवमाथि कारबाहीको माग गरेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार