सिटी एक्सप्रेस र अल फरडान एक्सचेञ्जको दशैंतिहार बम्पर धमाका
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २२:५७:१२
२१ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फरडान एक्सचेञ्ज (AL Fardan Exchange) को संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै “दशैं तिहार बम्पर धमाका” सार्वजनिक भएकोे छ ।
सो योजना अन्तर्गत दुबईको अल फरडान एक्सचेञ्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ ।
यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिने र बिजेताहरुले हरेक हप्ता टि भी , माईक्रोवेभ जस्ता घरेलु उपकरण देखी ६ लाख नगद सम्मको बम्पर उपहार जित्न सक्ने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सो योजना नोभेम्बर १४ सम्म चल्ने कम्पनीको भनाई छ ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक
पुष २५, २०८० बुधबार
डिजिटल रेमिट्यान्स प्रवद्धन गर्न अभिनेत्री स्वस्तिमा खड्का युएई जाने
फागुन २, २०७९ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
भारतमा ८ दिनदेखि बेपत्ता बंगलादेशका सांसद मृत फेला
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार