नेपाल महिला चेम्बर र सोचेको डटकमबीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १८:३८:२९
२४ असोज, काठमाडौं । नेपाल महिला चेम्बर र सोचेको डटकमबीच ई कमर्स सम्बन्धी समझदारी पत्रमा सम्झौता भएको छ । ई कमर्सको माध्यमद्धारा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको बजारिकरण गर्न गराउन तथा ब्यापार अभिवृद्धि गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा नेपाल महिला चेम्बरको तर्फबाट अध्यक्ष उर्मिला श्रेष्ठ र सोचेको डट कमका तर्फबाट प्रवन्ध निर्देशक शैलेश लोहनीले समझदारी पत्रमा हस्ताक्षर गरे । सम्झौता पस्चात आफनो धारणा राख्दै नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले अनलाईनको बढ्दो प्रयोगको साथै चेम्बरसंग आवद्ध महिला उद्यमीबाट उत्पादित सामानको ब्यापार अभिवृद्धि गर्न सोचेको डट कम पोर्टल माध्यम उपयोगी हुने विश्वास व्यक्त गर्दै एकीकृत रुपमा पोर्टलबाट उत्पादित सामान विक्रि वितरण गर्न लागिएको जनाईन् ।
साथै, उनले कोभिड–१९ बाट श्रृजित समस्याबाट ब्यापारीक क्षेत्रमा देखिएको शिथिलतालाई हल गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन यो व्यवस्था प्रभावकारी हुने अपेक्षा लिईएको उनले बताईन् । नेपाल महिला चेम्बर र सोचेको डट कम बीचको समझदारीपत्रले महिला ब्यवसायीहरुको ब्यापार बृद्धि हुने र हाल कोभिड–१९को सन्दर्भमा यस्तो डिजिटल मार्केटिङ्गको सम्भावना र सम्भाव्यता अझ बढी रहेको बताउदै यसबाट सबै आम उपभोक्तालाई स्वास्थ्यका दृष्टि र आर्थिक दृष्टिले समेत लाभ पुग्नजाने औल्याईन् ।
सो अवसरमा सोचेको डट कमका प्रवन्ध निर्देशक शैलेश लोहनीले सोचेको डट कम नेपालको एक लोकप्रिय अनलाईन सपिङ्ग कम्पनी रहेको दाबी गर्दै केहि वर्ष अघि मात्र सेवा शुरुवात गरेको यस कम्पनीले छोटो समयमा नेपाली ग्राहकहरुको मन जित्न सफल भैरहेको जनाए ।
साथै, उनले यस अनलाईन सपिङ्ग मार्फत विभिन्न उत्पादक तथा विक्रेताहरुको उत्पादनलाई विक्रि वितरण गर्न मद्दत गर्ने तथा तिनका उत्पादनहरुलाई बजारीकरण समेत गर्दै आएको स्पस्ट पारे । नेपालको प्रविधी क्षेत्रको अग्रणी संस्था मेगाटेक ग्रुप प्रवर्धक रहेको यस कम्पनी नेपाली उद्यमशील युवाहरुबाट संचालित तथा पुर्ण रुपमा नेपाली लगानीमा संचालित अनलाईन सपिङ्गहरु मध्ये अग्रणी स्थानमा रहेको जानकारी समेत उनले दिए ।
समझदारी पत्रमा महिला उद्यमीबाट उत्पादित उत्पादनलाई सोचेको डट कमको वेबसाईटमा राखिने, वेबसाईट सम्बन्धी तथा डिजिटल माकेटिङ्गको तालिम उपलब्ध गराउने, उत्पादनहरुको फेसबुक लगाएतका विभिन्न माध्यमहरुबाट विज्ञापन गर्नका साथै उद्यमीहरुको आवश्यक पर्ने ब्राण्ड मेनेजमेन्ट लगाएतका तालिम उपलब्ध गराउने, जिल्लाका उद्यमीहरुलाई यथासिघ्र यो योजनामा सामेल गराउने कार्यक्रम र लक्ष्य रहेको छ ।
सिमित सहभागिता र पूर्ण सामाजिक दूरी लगायत अन्य सबै स्वास्थ्य प्रोटोकल पुरा गरी सो कार्यक्रम गरिएको थियो । नेपाल महिला चेम्बर नेपालका महिला उद्यमीहरुको साझा छाता संगठनको रुपमा रहेको छ भने महिला उद्यमीहरुका हक हितका लागी विभिन्न कार्य गर्दै आईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार