संक्रमित बढ्दै गएपछि दाङका तीन सरकारी कार्यालय बन्द
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार १:१७:५९
२५ असोज, घोराही । कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन् । बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन् ।
दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले पनि आज सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ । कार्यालयका प्रसासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजोटिभ देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिए । यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि यही असोज २२ देखि २८गतेसम्मका लागि बन्द गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
वैदेशिक रोजगारी त्यागेर जुनारखेती
पुष २६, २०८१ शुक्रबार
अजरबैजान एयरलाइन्स घटनाले रूसमाथि उडान भर्नु नागरिक उडानका लागि ‘उच्च जोखिम’
पुष २६, २०८१ शुक्रबार
९८.९९ प्रतिशत अंक दावी गर्दै कुलमानले बुझाए कार्यसम्पादन विवरण
पुष २६, २०८१ शुक्रबार
विश्वविद्यालयका अधिकार क्षेत्र र पाठ्यक्रम बनाउने विषयमा हस्तक्षेप नगर्ने सहमति
पुष २६, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरण : ३७ लाख धरौटी बुझाएर छुटिन लिला
पुष २६, २०८१ शुक्रबार
जीपको ठक्करबाट एक जनाको मृत्यु
पुष २६, २०८१ शुक्रबार