वर्ल्डलिंकको ठगी :- ‘फाईभ जी’ राउटर बेच्न इन्टरनेट स्पीडमा धोका !
नेपालबहस संवाददाता
असोज २५, २०७७ सोमबार २:३०:१६
२५ असोज, काठमाडौं । नेपालमा सबैभन्दा धेरै १८ लाख प्रयोगकर्ता रहेको दावी गर्ने इन्टरनेट प्रदायक कम्पनी वर्ल्डलिंकले उपभोक्तामाथि निरन्तर ठगी गरिरहेको गुनासो बढिरहेको छ । इन्टरनेट स्पीडमा लगातार धोका दिइरहेको वर्ल्डलिंकले यसैलाई फाइभ जी राउटर बेच्ने धन्दा बनाएको पनि गुनासो बढ्दै गएको हो ।
चीनबाट भित्रिएका नोकिया कम्पनीको राउटर बेच्न अहिले वर्ल्डलिंक आफैले धमाधम ‘इन्टरनेट स्पीड स्लो’ गर्दै ‘फाइभ जी’ राउटर बेच्दै गरेको आरोप छ । फाइभ जी राउटर जोड्दा उसले पूरानो राउटर आफैले लिने गरेको छ भने थप एक महिनाको शुल्क पनि असुल्दै आएको छ ।
‘पाँचौ जेनेरेशन’ अर्थात फाईभ जीको इन्टरनेट स्पीड भन्ने तर घुमाउरो तरिकाले राउटर बेचेर पैसा कमाउने वर्ल्डलिंकको धन्दामाथि चौतर्फी प्रश्न उठ्न थालेको छ ।
धन्दा :- नेट स्लो छ, फाईभ जी राउटर जोड्नुस् !
अचेल वर्ल्डलिंक प्रयोगकर्ता धेरैको इन्टरनेट स्लो छ । गुनासो गर्ने ठाउँ उही वर्ल्डलिंक कार्यालय । मुश्किलले फोन उठेपछि जवाफ आउँछ, ‘फाईजी जी राउटर जोड्नुस्, स्पीड फास्ट हुन्छ ।’ यसरी वर्ल्डलिंकले अहिले इन्टरनेट स्लो हुनुको कारण राउटरलाई दिइरहेको छ ।जबकी यो दावीसँग अलिकति पनि वर्ल्डलिंकको जवाफ मेल खादैन् ।
सामान्यतया २० एमबीपीएसदेखि १०० एमबीपीएस इन्टरनेट स्पीड लिएका सेवाग्राही आधा स्पीड पनि पाइरहेका छैनन् । यही गुनासो गर्दा वर्ल्डलिंकले पुरानै जवाफ पठाउने गरेको छ, ‘फाईभ जीको राउटर जोड्नुस् । अहिलेको समस्या हट्छ ।’
सोझै फाइभ जी राउटर किन्नुस् भन्न नसकेको वर्ल्डलिंकले पहिले ग्राहकको इन्टरनेट स्पीड कम गर्ने गर्छ । इन्टरनेट स्लो चलेपछि गुनासो गर्दा फाइभ जी राउटर भिडाउने गर्छ । धेरै ग्राहकको गुनासो यस्तै छ । अनि नयाँ जोडेर पूरानो राउटर बोकेर लैजान्छ । २५ सय रुपैयाँ मूल्यको पुरानो राउटर लिएर जाने वर्ल्डलिंकले त्यसलाई कहाँ लगेर प्रयोग गर्छ भन्ने खुलाउदैन् ।
राम्रैसँग चलिरहेको राउटर परिवर्तन गरेर ३ हजार ३ सय मूल्यको फाइभ जी भन्दै वर्ल्डलिंकले नयाँ राउटर भिडाउँदा सेवाग्राही भने दोहोरोमारमा परेका छन् । जुन वर्ल्डलिंकको निरन्तरको नाफा हो । तर सेवाग्राहीका लागि घाटै घाटा । अझ १० हजारको सो राउटर मात्र ३ हजारमा भन्ने प्रचार गरिएको छ ।
ठगी नै ठगी !
वर्ल्डलिंकले ठगी गर्ने एक ठाउँमा मात्रै छैन् । ‘छिटो भनेकै वर्ल्डलिंक’ स्लोगान दिएर धेरैको ध्यान तानेर जोडेका ग्राहक भने अहिले बिच्किरहेका छन् । खासगरी वर्ल्डलिंकको इन्टरनेट जडान गरेदेखि ठगी शुरु हुन्छ । श्रृङ्खलाबद्ध ठगी गर्ने वर्ल्डलिंक राउटर, इन्टेरनेट स्पीडदेखि मर्मत कार्यमा समेत त्यत्तिकै धोका दिइरहेको छ ।
इन्टरनेट जोडिसकेपछि सम्झौता बमोजिम स्पीड नदिने वर्ल्डलिंकको मुख्य समस्या हो । तोकिएको वा सम्झौता भएको इन्टरनेट स्पीड नदिएर त्यसबाट अन्तै ‘डाईभर्ट’ गरेर दोब्बर नाफा असुल्ने वर्ल्डलिंकको खास धन्दा हो । त्यसपछि इन्टरनेट स्लो भयो भनेर गुनासो गर्दा पनि वर्ल्डलिंकले सुनुवाई गर्दैन् । सामान्यतया बील तिर्न ढिला हुनेवित्तिकै सेवा नै नदिने वर्ल्डलिंक गुनासो गर्दा भने सुन्दैन् ।
अरु बेला सोधी खोजी गरेर इन्टरनेटको शुल्क तिर्न लगाउने वर्ल्डलिंक समस्या परेको बेला भने फोन समेत उठाउदैन् । सेवाग्राहीले गुनासो गर्दा शुरुमा फोन नउठाउने वर्ल्डलिंकपछि भने फोन समेत नलाग्ने अवस्था गरेर बसिदिन्छ । यसले इन्टरनेटमा महत्वपूर्ण काम भएका व्यक्ति तथा संस्था भने निकै समस्यामा पर्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थामा यस्तो प्रवृत्तिले ठूलो समस्या निम्त्याउने गरेको छ । तर पनि वर्ल्डलिंकले आफ्नो प्रवृत्ति सुधार गरेको छैन् ।
वर्ल्डलिंक प्रमुख अग्रवाल भन्छन, ‘वर्ल्डलिंकको सेवा मनपर्दैन भने अरुबाट लिनुस्’
इन्टरनेट स्लो, फाईभ जी राउटर जडान र ग्राहकका गुनासा नसुन्ने समस्याबारे हामीले वर्ल्डलिंकका प्रमुख दीलिप अग्रवालसमक्ष जिज्ञासा समेत राख्यौ । जवाफमा उनले केही ठाउँमा इन्टरनेट स्लो भएको समस्या रहेपनि त्यो निकै कम भएको बताए । साथै उनले इन्टरनेट स्लो गराएर फाईभ जी राउटर जडान गर्न दबाब दिएको कुरा सत्य नभएको पनि दावी गरे ।
इन्टरनेट स्पीड मात्रै होइन, वर्ल्डलिंकको सेवा नचाहिने भए अर्को कम्पनीबाट सेवा लिन पनि उनले आग्रह गरे । वर्ल्डलिंककै सेवा लिनुपर्छ भन्ने छैन् भन्दै उनी ग्राहकलाई धम्क्याउन पनि पछि प्रदैनन् । ‘हामीले व्यापारका नाममा ठगी गरेका छैनौ । ठगी गरेको भए कसरी १८ लाख प्रयोगकर्ताले हाम्रो सेवा लिन्थे ?’ अग्रवाल प्रतिप्रश्न गर्दै भन्छन्, ‘राउटरका कारण इन्टरनेट स्लो भएपछि हामीले नयाँ ल्याएका हौँ । फाईभ जी राउटर जोड्न कसैलाई दबाब छैन् । दवाव मात्रै होइन, वर्ल्डलिंकको सेवा मनपर्दैन भने अरुबाट लिनुस् ।’
प्राविधिक कारण, पब्जी, लुडो लगायतका खेल खेल्नेहरुलाई इन्टरनेट स्लो भएको पनि उनको भनाई छ । तर कम्पनीले नै स्पीड कम गरेर फाईभ जी जबर्जस्ती बेच्न लगाएको कुरा अफवाह मात्रै भएको अग्रवालको दाबी छ । ‘हामीले सेवा दिएर ग्राहकको मन जितेका हौँ । कसैलाई लुटेको छैन । यदि त्यसरी गलत तरिकाले ठगी गरेको भए आजसम्म हामीलाई ग्राहकले कुटेर लखेटिसक्थे’ उनले भने, ‘केही ग्राहकको समस्या होला । त्यो हामीले सकेसम्म समाधान गर्ने प्रयास गरिरहेका छौ । तर ठगी चाँही गरेका छैनौ ।’
र याे पनि….
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रमिक दिवसका दिन श्रम मन्त्रालयले घोषणा गर्यो श्रमदान अभियान
बैशाख १९, २०८१ बुधबार
इन्डोनेसियाको पिटी पिएलएन नुसन्तराले नेपालमा ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
बैशाख १८, २०८१ मंगलबार
काठमाडौं–त्रिशुली भएर चल्ने ईभी माईक्रो बसको भाडा घट्याे
बैशाख १८, २०८१ मंगलबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
जीबी राईको हत्या भएको भन्दै प्रचार गर्ने डिल्लीराम खनाल पक्राउ
बैशाख १९, २०८१ बुधबार
भावुक स्टाटस लेख्दै सन्दीप लामिछानेले भने- 'म षड्यन्त्रको सिकार भएँ'
बैशाख १९, २०८१ बुधबार
डढेलो निभाउने क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहयोग
बैशाख १९, २०८१ बुधबार
श्रमिकको कथामा चलचित्र ‘लेबर’ बन्ने घोषणा
बैशाख १९, २०८१ बुधबार
पोखरामा डढेलोले मौसम धुम्मिदा उडान अनियमित, पर्यटक आगमन ठप्प !
बैशाख १९, २०८१ बुधबार
नेपालको पत्रकारिता क्षेत्र लोकतन्त्रको जग : मुख्यमन्त्री कार्की
बैशाख १९, २०८१ बुधबार