छापडाँडादेखि रसुवाघाटसम्म बस सञ्चालन
नेपालबहस संवाददाता
असोज २६, २०७७ सोमबार १४:२०:५४
२६ असोज, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित छापडाँडाबाट खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेको रसुवाघाटसम्म पहिलो पटक बस सेवा सञ्चालनमा ल्याइएको छ । दशै-तिहार पर्वको अवसर पारेर आफ्नो घर आवतजावत गर्ने सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि नियमित बस सेवा सञ्चालनमा ल्याइएको हो ।
हलेसी तुवाचुङ–११ राजापानीको भाडबेँसीमा आयोजित कार्यक्रममा स्थानीय ९९ वर्षीया तुलसा बुढाथोकी, नगरप्रमुख इवन राई र उपप्रमुख विमला राईले बस सेवाको औपचारिक शुभारम्भ गरेका थिए । छापडाँडाबाट–हलेसी–धितुङ–भाडबेँसी–रेग्मीटार–भण्डारेघाट–रमाईलो हुँदै रसुवाघाटसम्म खोटाङ यातायात प्रा।लि।को बस सञ्चालन हुने जनाइएको छ ।
छापडाँडाबाट दैनिक बिहान ६ बजे र रसुवाघाटबाट छापडाँडाका लागि दैनिक बिहान साँढे ११ बजे नियमित बस छुट्ने कार्यतालिका निर्माण गरिएको खोटाङ यातायात प्रा.लि.का वरिष्ठ उपाध्यक्ष टेकेन्द्र राईले जानकारी दिए । छापडाँडाबाट रसुवासम्मका लागि रु ४५० भाडा निर्धारण गरिएको यातायात प्रा.लि.ले जनाएको छ ।
खोटाङ र उदयपुरको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोशी नदीमा अस्थायी बेलिब्रिज जडान भएपछि छापडाँडा–गाईघाट सिधा बस सञ्चालन गरिने जनाएको छ । हालै निर्माण सम्पन्न गरिएको उक्त सडक खण्डमा बस सेवा सञ्चालन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।
यातायात सञ्चालन नहुँदा कठिन यात्रा गरिरहेका सर्वसाधरणलाई उक्त सडक खण्डमा नियमित यातायात सञ्चालन भएपछि यात्रा सहज भएको छ । दैनिक बस सेवा शुरु भएपछि स्थानीय बासिन्दाले उत्पादन गरेका अन्नबाली, फलफूल लगायत बाहिर निर्यातसमेत हुने अपेक्षा गरिएको छ । दश स्थानीय तह रहेको जिल्लाका अन्य ग्रामिण सडक पनि दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । जिल्लाका सबै स्थानीय तहले अहिले अवरुद्ध सडक खुलाउनका लागि मर्मतको कामलाई तीव्रता दिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै ग्रामिण सडकमा करीब छ महिनामात्र यातायात सञ्चालन हुने गरेको छ । भर्खरै कालोपत्रको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएको मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने दिक्तेल–हलेसी सडक खण्डमा मात्रै बाह्रै महिना नियमित यातायात सञ्चालन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार