अब अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भीएफटीसीबाट
नेपालबहस संवाददाता
असोज २७, २०७७ मंगलबार १९:४०:०
२७ असोज, काठमाडौं । विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर ‘भीएफटीसी’बाट गरिने भएको छ ।
कार्यालय हाल प्रदेश सरकारअन्तर्गत छ भने केन्द्र सङ्घीय सरकार अन्तर्गत छ । सरकारले प्रदेश सरकारलाई यातायात व्यवस्था कार्यालय हस्तान्तरण गरेको झण्डै दुई वर्षपछि आफ्नो कार्यक्षेत्रको काम गर्न लागेको हो । संविधानअनुसार प्रदेशभित्र चल्ने सवारी साधन व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकार र अन्तरप्रदेश चल्ने सवारी व्यवस्थापनको जिम्मेवारी सङ्घीय सरकारको हो ।
गत भदौबाट नै टेकुस्थित केन्द्रले जाँच पास र रुट इजाजत दिन थालेको केन्द्रका प्रमुख मणिराम भुसालले बताए । उनका अनुसार अन्तरप्रदेश चल्ने यात्रुबाहक र मालबाहक सबै सवारीसाधनको यहीँबाट परीक्षण र अनुमति दिइनेछ । उनले भने, “अझै पनि धेरैलाई जानकारी नभएकाले यातायात कार्यालयमा नै गएको पाइन्छ ।”
यातायात कार्यालय प्रदेशमा हस्तान्तरण भएपछि अहिले यातायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण केन्द्र मात्रै रहेका छन् । टेकुबाहेक हेटौँडा र बुटवालमा पनि केन्द्र रहेका छन् भने अरु विभिन्न स्थानमा केन्द्र स्थापनाको योजना बनाइएको छ । ती सबै केन्द्रले सवारी साधनको दुरुस्तता परीक्षण गरेर मात्रै जाँच पास गर्नेछ ।
पहिले यातायात कार्यालयमा नै सवारी साधन परीक्षणका लागि आवश्यक जनशक्ति र उपकरण भए पनि त्यो हस्तान्तरण भए पनि जनशक्ति अभावमा जाँचपास गर्न नसकिएको प्रमुख भुसालले बताए। अहिले जनशक्ति र प्रविधि दुवैले सवारी साधनको दुरुस्तता परीक्षण गरिने भएको छ । केन्द्रमा रहेको उपकरण लामो समयदेखि थन्किएकामा अहिले त्यसको मर्मतको काम भइरहेको केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार