दशैँ, तिहार आएसँगै गाउँका सडक खुलाइँदै
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १५:४९:४२
२९ असोज, डोटी । गएको असार साउन महिनामा आएको अविरल वर्षातका कारण बिग्रेका जिल्लाका ग्रामीण क्षेत्रका सडक सुचारु गर्न थालिएको छ । दशैँ, तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिसँगै वर्षात्ले बन्द भएका स्थानीय तहका दजनौँ सडक अहिले धमाधम खोलिन थालिएको छ । वर्षातले पहिरो आउँदा हिलाम्मे हुनुका साथै ठाउँठाउँमा बन्द भएका यहाँका ग्रामीण क्षेत्रका सडक सुचारु गरिन थालेपछि स्थानीयवासी खुशी भएका छन् । असार–साउनको भारी वर्षातसँगै खसेका पहिरोका कारण जिल्लाको मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, जोरायल गड्सेरा, मुडभारा धुर्कोट, सायल, चवराचौतारा सडक अवरुद्ध हुनुका साथै कतिपय सडक त बन्द नै भएका थिए ।
त्यसैगरी ठाउँठाउँमा पहिरा खस्दा कतिपय यहाँका सडक तीन महिनादेखि बन्द भएका छन् । वर्षात्का कारण बन्द भएका ग्रामीण सडक खुलाउन अहिले सम्बन्धित स्थानीय तहले डोजर प्रयोग गरी एकै साथ सुचारु गराउन थालेको जोरायल गाउँपालिका–१ गैराका वडासदस्य छपेशबहादुर मल्लले बताए । उनले भने, “वर्षात्ले कतिपय स्थानीय तहका सडक तीन महिनादेखि बन्द भएका थिए, अहिले वर्षात् बन्द भएको तथा दशैँ, तिहार शुरु भएसँगै सुचारु गराउन थालेका छौँ ।” यहाँका गाउँघरमा दशैँको क्रमिकरुपमा चहलप पहल शुरु हुन थालेको छ । यहाँका स्थानीयवासी दशैँका लागि घर लिपपोत गर्नेदेखि अन्य किनमेलका काममा पनि व्यस्त हुने गरेको शिखर नगरपालिका–३ का स्थानीयवासी लोकबहादुर बलायरले बताए । शहरभन्दा पनि गाउँमा दशैँको चहलपहल शुरु भएकाले यातायातका साधन सञ्चालनका लागि बन्द भएका सडकमा डोजर लगाएर बाटो खुलाउन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।
उनले भने, “गाउँका सडक बन्द भएकाले नागरिकलाई सास्ती भएको थियो, दशैँ पनि आउन थालेका कारण नागरिकको सहजताका लागि भए पनि सडक खुलाउन थालेका छौँ ।” जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका दजनौँ ग्रामीण सडकमा बर्सेनि असार, साउनमा पानी पर्दा सडक हिलाम्मे हुनाको साथै लिक बिग्रिएर सवारीसाधन गुड्नसमेत बन्द हुँदै आएका छन् । यहाँका ग्रामीण सडकमा बर्सेनि वर्षात् शुरु हुनासाथ पहिरा खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन् ।
गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति, निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगमा उपभोक्ता समितिमार्फत मनपरि खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बन्नेको शिखर नगरपालिका–१ कपल्लेकीका स्थानीयवासी शङ्कर नेपालीले बताए। उनले भने, “कार्यकर्ताका माग पूरा गर्न खनिएका सडक वर्षमा जम्मा छ÷सात महिना मात्रै चल्छन्, अरु महिना त बन्द हुन्छन्, सुधार गर्न कसैले पहल चालेका छैनन् ।”
जथाभावी खनिएका यहाँका ग्रामीण सडकमा ग्रेड नमिल्ने, उकालो हुने, साँघुरो हुने तथा कटिङ नपुग्ने गरेको शैलेश्वरी यातायात प्रालिका गाडी चालक मदन लुहारको आरोप छ । यहाँका अधिकांश ग्रामीण ‘कच्ची सडक’ मा हिउँदका छ महिनामात्रै सवारी साधन सञ्चालन गर्न मिल्ने तथा हल्का वर्षात् शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेस्वरी यातायात प्रालि दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए । उनले भने, “बाटो लैजाने नाममा जथाभावी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन् ।” यतिमात्र नभई यहाँका अधिकांश ग्रामीण सडकमा सवारी साधन चलाउन अति जोखिममा रहेका छन् । बिना मापदण्ड निर्माण गरिएका यहाँका ग्रामीण सडकमा दर्जनौँ सवारी दुर्घटना हुँदासमेत सडकको स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचनमा ठूला दलकै वर्चश्व
मंसिर १७, २०८१ सोमबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
बाघको आक्रमणमा परी कञ्चनपुरमा एक गोठाला घाइते
मंसिर १७, २०८१ सोमबार
कोशीको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा रेवतीरमण भण्डारी
मंसिर १७, २०८१ सोमबार