शिवको चिन्ता : संगीतमा विषादी मिसाउन थालियो !
नेपालबहस संवाददाता
असोज २९, २०७७ बिहिबार १९:२६:६
२९ असोज, काठमाडौं । पछिल्लो समय पैसाको बलमा संगीतमा नयाँ नयाँ प्रयोग गर्ने चलन बढ्दो छ । अझ त्यसमा पनि थोरै लगानी गरेर, छाडा शब्द राखेर बढी चर्चा कमाउने होडबाजी छ । युट्युबमा भ्युज कमाउने लोभमा जे मन लाग्यो त्यस्तै शब्द प्रयोग गर्ने चलन भन् बढ्दो छ ।
संगीतमा खासै ध्यान नदिने र सर्जक भ्युजको मात्रै चिन्ता गर्ने प्रवृत्ति मौलाएको छ । हरेक दिन सार्वजनिक हुने गीतसंगीतमा मिठास हराएका छन् । प्रतिस्पर्धा र व्यापार मात्र फस्टाएको छ । युटुबमा भ्यूज र ट्रेन्डिङमा आएपछि २ दिन सामाजिक संजालमा रमाउनु बाहेक कुनै सर्जकले संगीत सिर्जना गरेर के उपलब्धी गर्यो भन्न सकिने अवस्था छैन ।
यही प्रवृत्तिप्रति गायक तथा संगीतकार शिव परियारले चिन्ता व्यक्त गरेका छन् । जसरी तरकारीमा विषादी हालेर छिटो पकाउने गरिएको छ । त्यसरी नै संगीतलाई नै विषादी हालेर प्रदुषण गर्ने गरेकामा उनले चिन्ता व्यक्त गरेका छन् । तर यो स्वस्थ्य र राम्रो नहुने उनको भनाई छ ।
‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ हिजोआज । जसरी सही हावा, पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ, नपाउँदा विग्रन्छ । त्यस्तैगरि संगीत पनि फुल्न सही हावा पानी र वातावरण चाहिने रहेछ । अन्न बाली रोप्न माटो, हावा, पानी र वातावरण चाहिए जस्तै संगीत रोप्न पनि श्रोताहरुको मिल्दो मन, भावना र मस्तिष्क चाहिने रहेछ । यसरी पाकेको संगीत संगीत जगतकै लागि के स्वस्थकर होला त ?’ शिवले फेसबुकमा प्रश्न गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
म्युजिक भिडियोमा चर्चित सनिशा फिल्ममा डेब्यु गर्ने
बैशाख १८, २०८१ मंगलबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार