फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढ्यो
नेपालबहस संवाददाता
कात्तिक ४, २०७७ मंगलबार २०:२९:९
४ कात्तिक, बनियानी । झापा बिर्तामोड नगरपालिका–१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उनको पसलमा ग्राहकको सङ्ख्या बढेको हो ।
बिर्तामोड नगरपालिकाले मासु पसलको गुणस्तर सुधारका लागि अनुदान कार्यक्रम सञ्चालन गरेपछि चम्लागाईं अहिले सडकपेटीको मासु पसलबाट व्यवस्थित फ्रेस हाउसमा सरेको हो । मासु पसलको गुणस्तर सुधारका लागि नगरपालिकाले रू एक लाख र सहारा नेपालले रू एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि आफूले खोलेको पसलको रूप नै फेरिएको उनको भनाइ थियो । “केही समयअगाडिसम्म सडक किनारमा मासु काटेर व्यवसाय गर्दै आएको थिएँ”, चम्लागाईंले भने, “यो कार्यक्रम बरदान साबित भएको छ, पसल व्यवस्थित भएसँगै ग्राहक पनि बढेका छन् ।”
इन्दिराजस्तै बिर्तामोड–१ स्थित पञ्चकन्या टोलमा सोल्टी फ्रेस हाउस खोएकी सञ्जिता लावती पनि खुशी छन । उनको फ्रेस हाउस धेरै सफा र आकर्षक पनि छ । पसलका सबै सामग्री नयाँ र आधुनिक छन् । पसलको गुणस्तर सुधार हुनुअघि र पछि धेरै फरक आएको उनको अनुभव छ । “म आफैँ पसल चलाउँछु”, सञ्जिताले भनिन, “धेरै मिहिनेत पनि गर्न परेन, सजिलो भएको छ ।”नगरपालिकाले नगर हाताभित्र रहेका मासु पसललाई व्यवस्थित गर्न थालेको हो । नगरक्षेत्रमा स्वच्छ र स्वस्थ्य मासु बिक्री वितरण गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले मासु पसल सुधार कार्यक्रम सञ्चालन गरेको उपप्रमुख पवित्रा महताराले बताइन।
नगरपालिकाले आफ्नो क्षेत्रका मासु पसलेहरूलाई सहयोग पुगोस् भनेर यो कार्यक्रम अगाडि ल्याएको उनको भनाइ थियो । “नगरपालिकाले यस कार्यक्रमलाई विशेष ध्यान दिएको छ”, उपप्रमुख महताराले भनिन, “ हामीले स्वच्छ तथा सफा मासु खानका लागि विशेष जोड दिएका छौँ ।”यस कार्यक्रममा मासु पसलेले फ्रिजमा राखेको मासुमात्र बिक्री गर्नुपर्ने, कुखुरा भुत्ल्याउन डिफ्रिजिङ मसिन प्रयोग गर्नुपर्ने, मासु काट्ने परम्परागत औजार र अचानोको पनि प्रयोग गर्न नहुने व्यवस्था छ । सहारा नेपालका पशु चिकित्सक कमलेश्वर भाटका अनुसार नगरपालिकासँगको साझेदारीमा यो अभियान चालाइएपछि फ्रेस हाउसको गुणस्तरमा धेरै सुधार आएको छ ।
फ्रिजको मासु प्रयोग गर्ने संस्कार बढाउनका लागि यो अभियान शुरु गरिएको उक्त संस्थाका सञ्चालक सदस्य शङ्करप्रसाद रिजालले बताए । “यो कार्यक्रमलाई निरन्तरता दिइएको छ”, उनले भने, “यस वर्ष पनि नगरक्षेत्रका अरू पसल छनोट गरिने र उनीहरूलाई पनि कार्यक्रममा आबद्ध गराइनेछ ।” नगरपालिका र सहाराको संयुक्त साझेदारीमा थालिएको यो कार्यक्रमअन्तर्गत नगर क्षेत्रका २० वटा मासु पसललाई अनुदान दिइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार