अस्पतालको लूट : कोरोनाको लक्षण देखिएकालाई ५० हजार र जटिल बिरामीलाई २ लाख धरौटी !
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार १७:५८:२६
५ कार्तिक, काठमाडौं । सरकारी संरक्षणमै अस्पतालले कोरोना संक्रमित बिरामीबाट लूट शुरु गरेका छन् । धुलिखेल अस्पतालले कोरोना संक्रमित बिरामीको लागि नयाँ मापदण्ड भन्दै भारी शुल्क असुलीको सूची सार्वजनिक गरेको छ ।
जहाँ बिरामीले कोरोना लागेपछि उपचार गर्नुपर्ने शुल्क सूची राखेको छ । धुलिखेल अस्पतालका अनुसार सामान्य लक्षण भएका बिरामी अस्पताल बिरामी भएमा ५० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । यस्तै मध्यम जटिल बिरामीले पहिले एक लाख रुपैयाँ अस्पतालको खातामा राखेपछि मात्रै उपचार शुरु हुने धुलिखेल अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै जटिल प्रकृतिका बिरामीको उपचारका लागि पहिले २ लाख रुपैयाँ धरौटी बुझाउनुपर्नेछ । सरकारले सार्वजनिक गरेको स्वास्थ्य उपचार मापदण्डभन्दा १०० गुणा बढी असुल्ने काम धुलिखेल अस्पतालले गरेको छ ।
सरकारले सामान्य लक्षण भएका बिरामीबाट ३ हजार ५ सय, मध्यम लक्षण भएका बिरामीबाट ७ हजार ५ सय र जटिल बिरामीबाट १५ हजार रुपैयाँसम्म शुल्क लिएर उपचार शुरु गर्न भनेको छ । तर निजी अस्पतालले भने पहिल्यै धरौटी रकम बुझाएपछि मात्रै उपचार शुरु गर्ने बताएका छन् ।
जसको अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । सरकारले यस्तो महामारीको बेला पनि आफ्नो उपचार आफै गर्नु भन्ने सरकारको निर्णय गरेपछि सबै सर्वसाधारण सरकारका विरुद्धमा उभिएका छन् । चर्को आलोचना र विरोध गरेपनि सरकारले अहिलेसम्म कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरेको छैन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार