हुप्सेकोटमा १० बेड ‘शय्या’को कोभिड अस्पताल सञ्चालन
नेपालबहस संवाददाता
कात्तिक ५, २०७७ बुधबार २३:४३:५३
५ कात्तिक, नवलपुर । नवलपरासी ‘बर्दघाट–सुस्तापूर्व’मा स्थानीय तहले कोभिड–१९ अस्थायी अस्पताल निर्माण गर्न शुरु गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिकामा समेत १० बेड ‘शय्या’को कोभिड अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।
गाउँपालिका १ मा रहेको कृषि उपज केन्द्रको भवनमा निर्माण गरिएको १० शय्याको कोभिड अस्पतालको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उद्घाटन गरे । अध्यक्ष पाण्डेले कोभिडको लक्षण देखिएका र सामान्य लक्षण देखिएका सङ्क्रमितको फरकफरक कक्ष बनाएर उपचार गरिने बताए।
गम्भीर खालका लक्षण देखिएका कोभिड सङ्क्रमितलाई भने गाउँपालिकाले सहजीकरण गर्दै सुविधायुक्त अस्पतालमा पठाउने व्यवस्था गरेको छ । गाउँपालिकाभित्र १२ शय्याको अस्पताल निर्माणका लागि करारमा चिकित्सक तथा नर्स राख्न आवेदन खुला गरिसकेको उनले बताए ।
हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले अहिले हुप्सेकोमा कोभिडका चार जना सक्रिय सङ्क्रमित रहेको जानकारी दिए । पालिकाभित्रका सङ्क्रमितको देवचुली–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा निर्माण गरिएको कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको छ । आठ स्थानीय तह रहेको नवलपरासी बर्दघाट सुस्ता पूर्वमा हालसम्म गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिका आफैले कोभिड अस्थायी अस्पताल निर्माण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार