चाडपर्वमा हुने कालोबजारी नियन्त्रण गर्न दरभाउ निर्धारण
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार १६:७:२
६ कार्तिक, खोटाङ । चाडपर्वको मौका छोपेर व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न रावाबेँसी गाउँपालिकाले दैनिक उपभोग्यवस्तुको दरभाउ निर्धारण गरेको छ । हिन्दू नेपालीहरुको महान् चाड दशैँ, तिहार तथा छठपर्वको अवसरमा व्यापारीले गर्न सक्ने कालोबजारी नियन्त्रण गर्न आजदेखि नै लागू हुनेगरी गाउँपालिकाले मासुजन्य वस्तु तथा खाद्यान्नको दरभाउ निर्धारण गरेको हो ।
गाउँ कार्यपालिकाको बुधबार बसेको बैठकले प्रतिकेजी खसी तथा स्थानीय जातको कुखुराको मासु रु ७००, राँगाको मासु रु ३५०, सुँगुरको मासु रु २४०, ब्रोइलर कुखुराको मासु रु ३००, गिरिराज कुखुराको मासु रु ६०० र स्थानीय खोला तथा पोखरीको माछाको मूल्य रु ५०० निर्धारण गरेको छ । यसैगरी प्रतिकेजी स्थानीय जातको चामल ९बास्मती लामो० रु १००, स्थानीय जातकै ९छोटो० रु ७५, वर्षे धानको चामल रु ७०, बाहिरी जिल्लाबाट ल्याइएको जिरा मन्सुली चामल रु ७५, सोना मन्सुली चामल रु ५० र कान्छी मन्सुली चामलको मूल्य रु ४५ निर्धारण गरिएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले जानकारी दिए ।
उनका अनुसार प्रतिकेजी स्थानीय जातको कालो दाल रु १५०, सेतो मास रु १००, मुसुरी दाल रु १४०, प्रतिलिटर तोरीको खाने तेल रु १९०, सूर्यमुखी तेल रु १८०, प्रतिकेजी आयोडिनयुक्त नुन रु ३० र ढिके नुनको मूल्य रु २० निर्धारण गरिएको छ । गाउँ कार्यपालिकाको बैठकले निर्धारण गरेको मूल्यमा व्यापारीले आफ्नो सामान बिक्री गरे÷नगरेको बारेमा अनुगमन समितिले छड्के निरीक्षण गर्ने र बढी मूल्य लिएको पाएमा कानूनी कारवाही गर्ने निर्णय गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा चाडपर्व भित्रिएसँगै व्यापारीले कालोबजारी शुरु गरेको गुनासो आएका छन् । जिल्लामा हुने कालोबजारी नियन्त्रण गर्न मातहतका प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यदि कोहीकसैले कुनै पनि बहानामा कालोबजारी गरेर उपभोक्ता ठग्न खोजेमा तुरुन्त प्रहरीको १०० नं हटलाइन सेवामा फोन गर्नसमेत जिल्लावासीमा आग्रह गरिएको प्रजिअ पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
वैवाहिक बलात्कार आरोपी गायक रवि ओड धरौटीमा रिहा
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार