खुशीको खबर ! दशैँमा सीताको सहुलियत उडान
नेपालबहस संवाददाता
कात्तिक ६, २०७७ बिहिबार २१:४:३०
६ कार्तिक, खलङ्गा । चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् । सीता एयरले यही कात्तिक १ देखि सुर्खेत–जुम्ला–नेपालगञ्ज सहुलियत उडान गरिरहेको छ । कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि उनीहरु निकै खुशी छन् ।
पहिले रु पाँच हजार ५०० मा तोकिएको भाडा अहिले घटाएर रु चार हजार १०० पु¥याइएको छ । पहिलेको तुलनामा अहिले रु एक हजार ४०० कममा उडान भइरहेको छ । ‘गो कर्णाली टुर एण्ड ट्राभल्स’का सञ्चालक ललित महतका अनुसार सहुलियत उडानले अब निरन्तरता पाउने छ ।
कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दशैंँमा जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका नागरिकका लागि सहुलियत उडान शुरु भएको बताए । “कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ । समयमै सस्तो भाडादरमा आवतजावत गर्न सकियोस् भन्ने उद्धेश्यले सहुलियत उडान गरिएको हो ।” उनले भने ।
सहुलियत उडानका लागि सीता एयर र गो कर्णालीबीच सम्झौता भएको छ । अन्य एयरलाइन्सले नेपालगञ्ज–जुम्ला वा सुर्खेत–जुम्ला हवाई भाडा रु पाँच हजार ५०० लिइरहेका छन् । सहुलियत उडान शुरु भएपछि झण्डै २०० बढीले यात्रा गरेका छन् । अहिले नेपालगञ्जका लागि दैनिक उडान भइरहेको छ । यस्तै बिहीबार र शुक्रबार सुर्खेत–जुम्लाको उडान तालिका सार्वजनिक गरिएको छ ।
सहुलियत उडानले जनतालाई थोरै भए पनि राहत भएको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको सीता एयरले जनाएको छ । सीता एयरका नेपालगञ्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिलेजस्तै सेवा अन्य समयमा समेत दिने जहाज र गो कर्णालीबीच समझदारी भएको बताए । अप्ठयारो परिस्थितिमा हवाई भाडामा सहुलियत दिनु निकै सकारात्मक कदम भएको अधिकारकर्मीको भनाइ छ । उपभोक्ता महासंघ नेपालका उपमहासचिव विष्णुप्रसाद तिमिल्सेनाले सहुलियत दरमा हवाई उडानका लागि आफूहरुले लामो समयदेखि आवज उठाउँदै आइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार