पोखराको बजार क्षेत्रको २५ किमी सडक ‘अस्फाल्ट’ प्रविधिबाट कालोपत्रे
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ शनिबार १९:५८:४८
८ कार्तिक, कास्की । पोखरा महानगरपालिकाको बजार क्षेत्रको २५ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु भएको छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुल्डी परेर वर्षेनी सडक जीर्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गर्ने भएका हुन् ।
हालको पीच सडकलाई स्तरोन्नति गरी अस्फाल्ट कालोपत्रे गरिने छ । सडक पाँच सेमी मोटाइको कालोपत्रे गरिएपछि सडक बलियो हुने र खाल्डाखुल्डी नपर्ने दावी महानगरको छ । सडकमा वर्षेनी खाल्डाखुल्डी परेर जीर्ण बनेको गुनासा आएपछि महानगरले कम्तिमा पनि पाँच वर्ष खाल्डाखुल्डी नहुने गरी अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु गरेको महानगर प्रमुख मानबहादुर जिसीले बताए।
उनले भने,“विज्ञको सिफारिसमा बढी चाप हुने सडकमा अस्फाल्ट विधिबाट पीच गर्न शुरु गरेका हौँ । लागत बढी पर्ने भएपनि टिकाउ हुने भएकाले यसलाई अनुशरण गरेका छौँ ।” हाल न्यूरोड र रानीपौवा क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ । प्रमुख जिसीका अनुसार महानगरले १४ किमी तथा पूर्वाधार कार्यालय र डिभिजन सडकबाट ११ किमी हाराहारीमा सडक स्तरोन्नति गरिनेछ ।
पृथ्वीचोक, महेन्द्रपुल, केआइसिंह पुलहुँदै महेन्द्र गुफासम्मको सात किमी ४०० मिटर सडकमा दुई किमी अस्फाल्टका लागि महानगरले ठेक्का लगाएकामा बाँकीमा सडक डिभिजनबाट ठेक्का व्यवस्थापन हुनेछ । त्यसैगरी जिरो किमी हल्लनचोक शहिदचोक हुदै मुस्ताङचोक सम्मको पाँच किमीमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाइसकेको छ । महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि रु १७ करोड लागतमा ठेक्का सम्झौता गरिएको जनाएको छ । महानगरले गर्ने कामको जिम्मा जिम्मा इलाइट जेभीले पाएको छ ।
पृथ्वी चोक, राष्ट्र बैंक चोक, विरौटासम्म दुई किमी ५०० मिटर सडकको पनि पूर्वाधार कार्यालयले काम गर्नेछ । अमरसिँह चोक रानीपौवाहुँदै महेन्द्रपुलसम्म दूई किमी ५०० मिटरमा महानगरले ठेक्का लगाएको र काम शुरु गरिएको महानगरका वरिष्ठ इन्जिीनियर शारदामोहन काफ्लेले बताए । बुद्धचोक वन क्याम्पससम्मको दुई किमीमा सडक डिभिजनले काम गर्नेछ । सभागृहचोक, न्युरोड, विपीचोकहुँदै महेन्द्रपुलसम्मको तीन किमी सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित
मंसिर १८, २०८१ मंगलबार
राैतहटमा पनि गढीमाइ मेला, कार्यवाहक प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार