थारु बस्तीमा मादल बजेनन्, नाचगान पनि भएन : गाउँघर सुनसान !
नेपालबहस संवाददाता
कात्तिक ८, २०७७ आइतबार १:२७:४५
८ कार्तिक, देउखुरी । बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् । थारु समुदायमा नवमी धुमधाम मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ ।
थारु समुदायमा दशैँ आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गरिन्थ्यो तर यसपालि कोभिड –१९ का कारण कुनै पनि नाच हुन सकेनन् । झुमरा नाच र दशैँविशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसान छ । नवमीको दिन बिहानै कुल देवतालाई भेरवा ‘कुपिण्डोबाट बनाएको भेंडा’ र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर ‘पिण्ड’ दिने चलन छ ” । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन् ।
नवमीका दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । घोराही १७ कर्जाहीका पूर्ण चौधरी भन्छन, “परम्परागत चाड दशैँमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्थ्यो । यो नाचले दशैँको रौनकलाई अझ बढाउँथ्यो ।” प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दशैंँको गरिमालाई समेत बढाएको हुन्छ । घोराही उपमहानगरपालिका– १० का थारु अगुवा धनीराम चौधरी भन्छन, “यसपालिको दशैंँमा कोभिड –१९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ ।
घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो । थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो ।” उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् । थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दशैँमा गाउने गरिन्छ ।
सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसंँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दशैंँमा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ ।
चार वर्षदेखि सखिया नाच नाच्दै आएका घोराही–४ गोग्लीकी अनिता चौधरी यसपालि नाच्न नपाउँदा खिन्न हुन्छन । उनले भने, “कोरोनाका कारण यसपालि घरमै बस्ने निर्णय ग¥यौँ, अर्को साल सबै साथीहरु जम्मा भएर नाच्ने, रमाइलो गर्ने छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार