एप्पलले लञ्च गर्याे १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चकाे आइफोन
नेपालबहस संवाददाता
कात्तिक १०, २०७७ सोमबार १३:५१:१३
१० कार्तिक, काठमाडौं । एप्पलले हालै लञ्च गरेको आइफोन १२ प्रो म्याक्स ६ दशमलब ७ इन्चको छ । अर्थात् सन् २००७ मा बजारमा आएको आइफोन भन्दा यसको साइज दोब्बर छ । सबैलाई विदितै छ कि स्मार्टफोन बजारमा ठूलो डिस्प्ले भएका डिभाइसहरुको माग बढिरहेको छ र कम्पनीहरु यही आवश्यकतालाई मनन गर्दै ठूला आकारका फ्लागशीप डिभाइसहरु उत्पादन गरिरहेका छन् । स्मार्टफोन बजारको यो ट्रेण्डको भविष्यचाहिँ हास्यास्पद देखिएको छ । एक अध्ययन अनुसार यदि यही प्रवृत्ति जारी रहेमा आगामी २० वर्षमा एप्पलका आइफोनको आकार कि बोर्ड अर्थात् म्याकबुक भन्दा पनि ठूलो हुनेछ ।
स्मार्टफोनका पाटपूर्जा बनाउने कम्पनी Wrappz को तर्फबाट एप्पल, सामसुङ तथा अन्य अन्य ठूला स्मार्टफोन कम्पनीहरुका डिभाइसहरुको बढ्दो आकारका बारेमा विश्लेषण गरिएको थियो । उक्त विश्लेषणात्मक अध्ययनले के देखाएको छ भने सन् २००७ मा पहिलोपटक लञ्च भएयता आइफोनको आकार हरेक वर्ष ५ प्रतिशतले बढिरहेको छ ।
यदि यही दरमा आइफोनका नयाँ संस्करणहरु ठूलो-ठूलो हुँदै जाने हो भने आगामी वर्ष सन् २०११ मा आइफोनको आकार महिलाको हत्केला भन्दा ठूलो हुनेछ । त्यस्तै सन् २०२४ मा बजारमा आउने आइफोनको आकार पुरुषको हत्केला भन्दा ठूलो हुनेछ । अध्ययन अनुसार आइफोनको आकार यसरी नै बढिरहेमा सन् २०४० मा एप्पलले लञ्च गर्ने आइफोन झण्डै डेढ फिट अर्थात् साढे १७ इन्चको हुनेछ ।
ध्चबउउश ले भनेको छ, ‘क्यामरा क्वालिटीदेखि लिएर टेक्नोलोजी नेटवकर््स् लगायतका कुरामा सन् २००७ को पहिलो आइफोन बाट अहिलेसम्म कैयन् परिवर्तन भएका छन् । यद्यपि सबैभन्दा ठूलो परिवर्तन आइफोनको साइजमा देखिएको छ ।’ अध्ययन अनुसार आइफोन बाहेक अन्य कम्पनीका स्मार्टफोनहरुमा पनि यही प्रवृत्ति देखिएको छ ।
सन् २००७ मा सार्वजनिक भएको पहिलो आइफोनको डिस्प्ले ३।५ इन्चको थियो भने हालै सार्वजनिक सबैभन्दा पछिल्लो आइफोन १२ प्रो म्याक्स त्यसभन्दा झण्डै दोब्बर अर्थात् ६।७ इन्च डिस्प्लेसहितको छ । अर्थात् यसबीचमा आइफोनको आकारमा करीब ९१ प्रतिशतले वृद्धि भएको छ । त्यस अनुसार आइफोनको साइजमा हरेक वर्ष औषतमा ५ प्रतिशतको बढोत्तरी देखिएको छ ।
यद्यपि कतिपय विश्लेषकहरुले भविष्यमा ठूलो आकारका स्मार्टफोनको ट्रेण्ड कायम नहुने दाबी पनि गरेका छन् । उल्लेख्य स्मार्टफोन प्रयोगकर्ताहरु सानो स्क्रिनको फोन मन पराउँदछन् । सायद त्यहीँ भएरै होला एप्पले यसपटक विश्वको सबैभन्दा सानो फाइभ जी स्मार्टफोनका रुपमा आइफोन १२ मिनी समेत ल्याएको छ । यसले आगामी २० वर्षमा एप्पलको आइफोन डेढ फिटको हुनेछ भन्ने दाबीले फेल खान सक्दछ भन्ने अनुमान समेत गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार