पाँचथरमा आयुर्वेदिक सेवामा आकर्षण
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार १६:४०:३६
१२ कार्तिक, पाँचथर । सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ । विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ २१ गतेदेखि सदरमुकाम फिदिमबाट सेवा दिन थालेपछि सेवाग्राहीले सेवा लिने मौका पाएका हुन् ।
सदरमुकाम फिदिमबाट सेवा सुरुवात भएपछि दैनिक औसत २० सेवाग्राहीले आयुर्वेदिक सेवा लिन थालेका छन् । विशेषतः ग्याष्ट्रिक र बाथ रोगका विरामीहरुले सेवा लिन थालेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए ।
यसअघि केन्द्रले फिदिम–२ पल्लोटारबाट सेवा दिँदै आएको थियो । “जिल्ला स्वास्थ्य केन्द्रको सेवाबारे प्रशस्त प्रचार नहुँदा सेवाग्राहीहरुको सङख्या उल्लेख्य हुनुले भविष्यमा आयुर्वेदमा यहाँका सेवाग्राहीको आकर्षण बढ्ने देखिन्छ”, कविराज समेत रहेका उक्त कार्यालयका सूचना अधिकारी पौडेलले भने “सेवाग्राहीको चाप र आवश्यकता बमोजिम सेवा विस्तारमा जोड दिइरहेका छौँ ।”
कार्यालयले पूर्वकर्म, पञ्चकर्म लगायत आयुर्वेदिक उपचार पद्धति कार्यान्वयनमा ल्याइसकेको छ । पूर्वकर्म र पञ्चकर्ममै शारीरिक, मानसिक, यौनजन्य समस्या समाधानका विभिन्न उपचार पद्धतिहरु पर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । “बिरामीको समस्याका आधारमा सेवा दिइने हुँदा यति प्रकारका सेवा दिइन्छ भन्ने यकिन छैन्”, सूचना अधिकारी पौडेलले भने । दशैँपछि प्रयोगशाला र बेड स्थापना गरी सेवा दिने कार्यालयको तयारी छ ।
यहाँबाट सामान्य सेवाअन्तर्गत २३ प्रकारका औषधि विरामीहरुले निःशुल्क प्राप्त गरिरहेका छन् । ‘ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिकले दुई प्रकारका शारीरिक क्षमता बढाउने औषधि तथा सुत्केरी महिलाले तीन प्रकारका दुग्धवद्र्धक औषधि निःशुल्क प्राप्त गरिरहेका छन् । कुनैपनि प्रकारको ‘साइड इफेक्ट’ नगर्ने औषधि निःशुल्क पाइएपछि पनि यहाँ सेवाग्राहीको संख्या उल्लेख्य हुँदै गएको हो । यहाँ थेरापीका लागि पुरुष र महिला स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।
उक्त कार्यालयले स्वस्थ जीवन कार्यक्रम समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त कार्यक्रममा समुदायमा गएर योग, प्राणायम, ब्यायाम लगायत शारीरिक स्वस्थताका विधिहरु सिकाई तिनको प्रयोगमा जोड दिने, आम मानिसको शारीरिक अवस्थाको परीक्षण गर्ने तथा जडिबुटी खुवाइने पौडेलले जानकारी दिए ।
सदरमुकाममा अन्य सेवा लिन आउनेहरुले समेत आयुर्वेदिक सेवा लिई जीवन पद्धति परिवर्तनमा चासो देखाउन थालेका छन् । कोरोना भाइरसको महामारी र दशैँ लगायत पर्व नजिकिँदा समेत सेवाग्राहीले चासो देखाएपछि फुर्सदका अन्य समयमा सेवा लिनेको भीड नै लाग्नसक्ने आँकलन उक्त कार्यालयको छ ।
कोभिड–१९ को महामारीसँगै आयुर्वेदिक उपचार पद्धतिको प्रवद्र्धन, शारीरिक क्षमता विकास, जडिबुटीको सेवन लगायत विषय चर्चामा आएसँगै आयुर्वेदिक उपचार पद्धतिप्रति आम नागरिकको चासो बढ्न थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार