कविता : परदेशमा दशैँ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १२, २०७७ बुधबार २१:२२:५
![](https://nepalbahas.prixacdn.net/media/albums/dasai-namita_xAzBxVxlxo.jpg)
मृदुल सरगममा खोल्सो खोल्सिरहेथ्यो,
पँधेरोमा धारो कलकल बगिरहेथ्यो ,
हावामा तरङ्गित हुँदै एक्लै हल्लिरहेथ्यो
थुम्मीको लिङ्गे पिङ
रोटे पिङ्का पिर्कामा बसेर नानीहरु कुरिरहेथे
बलिया पाखुरी !!
रातो माटोको लालीमा खुलेको घर आँगन
अँध्यारो खोपीबाट जुरुक्क उठेर मुस्कुराएको जमरा ।
तिम्रो भर चाहिएको छ ठुले ! भने झैँ ,
आफैँ कर्के परेर घर धानीरहेको धुरी खाँबो
ठुले आइपुगिस् ?
धम्कीको घ्यारघ्यारमा मिसिएको बाको आवाज !
ठुले ! बाबु !
मायाको महासागर थुनिएको आमाको अबरुद्द गला ,
सपना हो या बिपना खुट्याउन नसके झैँ ,
ढोकामा अवाक् उभिरहेको आधा म !
हत्तपत्त बाका पाउमा घोप्टिँदा
शिरमा ठडिएको आशिर्बादको सगरमाथा ,
आमाका हातबाट बगेको मायाको नदी
अधिर भै कुरिरहेको प्रियसीको अँगालो
गाउँ भरीका थाँक्राका काँक्राहरु
अँधेरी रात
र ती बालसखा उर्फ काँक्रा चोरहरु ।
हो यी सबलाई एक साथ भेट्दा उद्द्त मन
मेरो काबुमै रहेन ।
हत्तपत्त बिछ्याएँ राडी ,
सजाएँटिकाको थाली
जमरा मुसुक्क मुस्कुरायो,
छन्छन् बजे दक्षिणाका सिक्काहरु बा को खल्तीमा
फेरि छताछुल्ल पोखियो बालापन मेरो मन भरी।
साइत छोपेर निधारमा अक्षता टाँस्दै बा भनिरहनु भो
आयु द्रोण सुते, श्रियं दशरथे शत्रुक्षयं राघवे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानं च दुर्योधने !!
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे !!
आमाको हातबाट टिका थाप्नै थियो,
प्रियसीलाई दिनै थियो एक भुगोल शुभकामना
उही समयमा सधैँ जस्तै दियो समयले धोका ,
निमोठ्यो मीठो सपना
र
बज्यो किरिङ किरिङ घन्टी बनेर बिहानीको अलाराम।
एसपटकको दशैँ पनि उसै गरि मनाएँ जसरी
बर्षौ देखी मनाईरहेछु।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथि अन्तरक्रिया
जेठ २६, २०८१ शनिबार
बेलबारीमा बाल कला महोत्सव
जेठ १८, २०८१ शुक्रबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
आइओएफद्वारा लगातार ४० प्यालेस्टिनीको हत्या
असार २४, २०८१ सोमबार
बागलुङमा पहिलाे पटक भेटियो कालाजार
असार २४, २०८१ सोमबार
सुदूरपश्चिममा बाढी, डुबान र पहिरोमा परी ५ जनाको मृत्यु, २ बेपत्ता
असार २४, २०८१ सोमबार
बाढीपहिरोले १९ राजमार्ग अवरुद्ध, १४ वटा सडकखण्ड एकतर्फी सञ्चालनमा
असार २४, २०८१ सोमबार
बेनी–जोमसोम सडक चार दिनपछि सञ्चालन
असार २४, २०८१ सोमबार
उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचित हुने
असार २४, २०८१ सोमबार