बागलुङमा अस्पताल बनाउन चार करोड निकासा
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ सोमबार २१:३३:१०
१७ कार्तिक, गलकोट । अर्थ मन्त्रालयले बागलुङ जिल्लाका पाँच पालिकामा अस्पताल निर्माण गर्नका लागि चार करोड १० लाख बजेट निकासा गरेको छ । स्थानीय तहमा भएको स्वास्थ्य संस्था स्तरोन्नती गर्नका लागि बजेट बिनियोजन गरिएको हो । जिल्लाको बरेङ, ताराखोला, बडिगाड, निसीखोला र तमानखोला गाउँपालिकामा रहेका पाँच स्वास्थ्य संस्था स्तरोन्नती गरी अस्पताल निर्माण गर्नका लागि उक्त रकम विनियोजन गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले जनाएको छ ।
जिल्लाका पाँच स्थानीय तहमा पाँच, दश र पन्ध्र श्ययाको अस्पताल बनाउन अर्थ मन्त्रालयले बजेट स्वीकृत गरी निकासा गरीे पठाइसकेको महाशाखाका तथ्याङक अधिकृत सुर्यबहादुर खड्काले जानकारी दिए । बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहमा अस्पतालको मापदण्ड समेत विनियोजन भएको छ ।
जिल्लाको बडिगाडमा १५ श्ययाको अस्पताल बनाउन ग्वालिचौर स्वास्थ्यचौकीलाई एक करोड, बरेङको हुग्दीशिर स्वास्थ्य चौकीमा १० श्ययाको अस्पताल बनाउन रु ८५ लाख, ताराखोलाको अर्गल स्वास्थ्य चौकीलाई ५ श्ययाको अस्पताल बनाउन रु। ७० लाख, निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी स्तरोन्नती गरी १० श्ययाको अस्पताल बनाउन रु ८५ लाख र तमानखोलाको तमानगाउँ स्वास्थ्य चौकीमा पाँच श्ययाको अस्पताल बनाउन रु ७० लाख विनियोजन भएर निकासा भएको छ ।
अस्पताल निर्माणका लागि स्थानीयतहले जग्गा व्यवस्थापन तथा जहजीकरण गर्नुपर्नेछ भने प्रदेश सरकारले योजना कार्यान्वयनका लागि सहजीकरण गर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखामा प्रमुख डा। रामबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार अस्पताल बनाउन न्युनतम ७ रोपनी जग्गा आवश्यक हुनेछ । अस्पतालको नक्सा लगायत प्राविधिक क्षेत्रमा सहयोग प्रदेशले गर्नेछ । अस्पताल निर्माण गर्नका लागि गाउँपालिकाले प्रक्रिया थालिसकेको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । यस्तै सरकारले प्रत्येक स्थानीय तहमा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल निर्माणका लागि रु दश लाख बजेट प्रदान गरी प्रत्येक स्थानीय तहमा अस्थायी कोरोना अस्पताल स्थापना भइसकेको छ । कात्तिक मसान्तसम्म पाँच, दश र १५ श्ययाको अस्पताल निर्माण तथा स्तरोन्नती शुरुगरी सम्बन्धीत निकायमा जानकारी गराउनुपर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार