नाग्म गमगडी सडक छिटो सम्पन्न गर्न माग
नेपालबहस संवाददाता
कात्तिक २०, २०७७ बिहिबार २१:३१:५२
२० कार्तिक, खलङ्गा । नाग्म गमगडी सडक खण्डको स्तरोन्नतिको काम छिटो सम्पन्न माग गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर प्रमुख लिला भण्डारीले नाग्म गमगडी सडक स्तरोन्नती कार्य छिटो सम्पन्न गर्न पहल भइरहेको जानकारी दिए।
केही ठेकेदारले काम छाडेर गएपछि सो सडक स्तरोन्नतिमा ढिलाइ भएको उनले बताए । सांसद गजेन्द्रबहादुर महतले आफ्नो नेतृत्वको टोलीले सडक डिभिजन कार्यालयमा पुगी सडक स्तरोन्नतिमा कामको बारेमा गम्भीर बन्न सुझाव दिएको जानकारी दिए ।
कर्णाली प्रदेशसभा सदस्य पूर्णप्रसाद धितालले नाग्म गमगडी सडकमा उत्पन्न समस्या समाधान गर्ने प्रतिबद्धता कार्यालय प्रमुख भण्डारीले गरेको बताए । उनले भने, “अटेर गरेमा कार्वाही अगाडि बढाउने र नाग्म देखिमाथि बाँकी रहेको पाँच किलोमिटर सडकको काम तत्काल गराउने आश्वासन दिइएको छ ।”ठेकेदार कृष्ण खड्काबाट पेटि ठेक्का लिएका यहाँका राजुसिंह र तारासिँह कठायतले काम गर्न सो सडक निर्माणको काम तत्काल शुरु गर्न लगाउने कार्यालयले जनाएको छ ।
गत बर्षको ५२ करोड बजेट मध्ये १० करोड मात्र खर्च भएको थियो । बाँकी ४२ करोड रुपैँया कामै नभएर फ्रिज भएको थियो । यस बर्ष रु २३ करोड १३ लाख रकम आवश्यक छ । कार्यालय प्रमुख भण्डारीले भने,“अपुग रकम उपलब्ध गराउन माग गरिएको छ । ।”उनले सडक ग्राबिलिङ गर्न रोलर र पानी ट्याङ्कर नभई पास नहुने, मापदण्ड नपुगेका सडक पास नगर्ने र सबै सरोकारवालहरुको सहभागीतामा सडकको अनुगमन गर्ने जनाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त
मंसिर १७, २०८१ सोमबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
कांग्रेसको द्वन्द्व व्यवस्थापन विभागमा सदस्य मनोनयन
मंसिर १८, २०८१ मंगलबार
कम्बोडियाली अदालतद्वारा १३ गर्भवती फिलिपिनो सरोगेट आमालाई जेल सजाय
मंसिर १८, २०८१ मंगलबार
यु–१९ एसिया कप: नेपालद्वारा अफगानिस्तान पराजित
मंसिर १८, २०८१ मंगलबार
राैतहटमा पनि गढीमाइ मेला, कार्यवाहक प्रधानमन्त्रीद्वारा मेलाको उदघाटन
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार