कविता : के लेखुँ कविता ?
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार १५:२८:३४
नमिता दवाडी / न्युजिल्यान्ड
लेख्छु भन्छु कविता ,
स्वाभिमान ,स्वाधीनताका,
कुरो उही टाउकोको आउँछ ,
शिर बनेर ठडिएको मानव माँस गिँडहरुमा ।
आजकल धर्म छाडेको छस् ,
मस्तिष्कका बस्तीहरुमा सकिर्णता , घुसखोरीको
खग्रासले छोपेपछि ,
सिलो खोजे झैँ खोज्नुपर्छ सत्य यहाँ ,
के लेखुँ कविता म ,
हे टाउको तेरा बारेमा !!
शेर बनेर मानव शिरमा ठडिएको टाउको
आफै अक्कलहिन छस् ,
खुट्याउन नसकेर अन्तर हिंस्रकता अनि महानतामा,
ङिच्च हासी रहन्छस् जब साधुलाई सुली चढाई
अपराधीलाई माला पहिराइन्छ,
के लेखुँ कविता म,
हे गबार टाउको तेरा बारेमा !!
आजकल खुब अन्तर्घाती भएको छस् ,
गङ्गा झैँ मनहरुमा अपवित्रताको बिष घोली
मोहको चस्मा पहिराएर अन्तरमनको आँखा
धमिल्याइदिए पछि ,
उसको सन्सार यति साँघुरिएको छ,
सन्सार त्यत्ति हो जति उभिन्छ ,
उसका दुई खबटे आँखा अघिल्तिर।
के लेखुँ कबिता म ,
हे पापी टाउको तेरा बारेमा !
आजकल खेती भएको छ हैन तेरो ?
घात प्रतिघातका सिँउडी उमार्ने मानव मनहरुमा
निर्मम निमोठेर बिश्वास नामको बबुरोलाई
मेटाइदिने नाम निसान उसको,
के लेखुँ कविता म ,
हे घाती टाउको तेरा बारेमा !!
बिन्ती !
मानव माँस गिँडमा ठडिएर केही त राम्रो काम गर ,
के सम्भव छैन र गर्भाधान
स्वच्छन्द कल्पना ,
सुन्दर संसारको सपना
र आदर्श जीवन
मन मस्तिष्कको समागमबाट ?
म चाहन्छु लेख्न कविता,
स्वर्ण अक्षरमा ,
हे टाउको तेरो बारेमा !!
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि पुगेर प्रधानमन्त्री ओलीले लेखे यस्ता कविता
कात्तिक १६, २०८१ शुक्रबार
मुक्तकमणि तीर्थराज अधिकारीको मुक्तकसङ्ग्रह 'सारवत्' विमोचन
भदौ ९, २०८१ आइतबार
उ मर्यो र त, उ शहिद भयो
भदौ ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार